
रबिन्द्र बराल
चैत १, मोरङ । मोरङका युवाहरु यति खेर व्यवशायिक केरा खेती गर्ने अग्रसर हुन थालेका छन । वैदेशिक रोजगारीबाट फर्किएका उनिहरु आफ्नै देशमा पनि केही गर्न सकिन्छ भनेर व्यवसायिक केरा खेती गर्ने जुटेका छन । बिदेश मा तातो घाममा परिश्रम गर्नु भन्दा आफ्नै देशमा केही गराै भनेर युवाहरु कृषि क्षेत्रमा लागेका हुन् । वैदेशिक रोजगारीका लागि साउदी , कुवेत तथा मलेशिया जस्ता देशहरुमा पुगेर फर्किएका १० जना युवाहरुले अहिले मााेरङकाे कानेपोखरी गाउँपालिका–१ स्थित होक्लाबारीमा ८५ बिघा जग्गामा मालभोग जातको केरा खेती लगाएका छन् ।
उनिहरुले उक्त खेतीबाट वार्षिक रुपमा प्रति बिघा रु तीन लाखसम्म आम्दानी गर्ने सकिने कुरा सोम केराखेती कृषि फर्मका सोमनाथ चापगाँईले बताए ।
उनी हरुले वार्षिक ५० हजार रुपैयाँ तिर्ने गरी खेत भाडामा लिएर केरा खेती सुरु गरेको बताए । उक्त केरा खेतिमा ३० जना युवाहरुले रोजगारी समेत पाएका छन् । मोरङको होक्लाबारीमा लालुमाया कृषि फर्म, प्रगति कृषि फर्म, सोम केरा खेती कृषि फर्म, अम्बरमणि कृषि फर्म मार्फत व्यवसायिक केरा खेती शुरु गरेका छन । उनी हरुलेे केराको बिरुवा प्रदेश नं २ को निजगढबाट ल्याउने गरेका छन । बिरुवा र रोप्ने एक बोटमा रु.४२ खर्च हुने गरेको समेत बताए ।
केरा रोपेको १८ महिना पछि फल लाग्ने गर्छ भने एक बोटमा १२ दर्जन सम्म केरा फल्छ । रोग नलागेको अवस्थामा एक पटक रोपेको बिरुबाले १२ वर्षसम्म उत्पादन गर्न सकिने कृषक हरु बताउँछन् । उहाँले केरा खेतीका लागि रु तीन देखि पाँच लाखसम्मको जोखिम व्यहोर्ने गरी प्रति बिघा रु पाँच हजार २०० बीमा रकम भुक्तानी समेत गरिएकाे हरिनारायण श्रेष्ठले बताए। केरामा लाग्ने गवारो रोगबाट जोगाउनका लागि सुपर डि किटनाषक औषधि प्रयोग गर्ने गरिएको छ । रोग र किराबाट जोगाउन निकै चनाखो भएर गर्नु पर्ने यो खेतीमा लाग्नेले पछुताउनु पर्ने समस्या नरहेको कृषक श्रेष्ठले बताए । यसको राम्रो उत्पादनका लागि कात्तिक देखि चैतसम्म १० देखि १२ पटक माटोको अवस्था हेरि सिँचाई उपलव्ध गराउन वोरिङको व्यवस्था गरिएको अर्का कृषक मणिराज तामाङले बताए ।