भदौ १२ गौरीगञ्ज। गौरीगञ्ज वडा नँ ४ को कार्यालयमा चोरी भएको छ । कार्यालयको चेनगेट फोडेर कार्यालय भित्रको ईन्भर्टरको दुइवटा ब्याट्री चोरी भएको कुरा वडाध्यक्ष फेका प्रसाद गिरीले जनाएका छन् ।
“जन्माष्टमीको दुइ दिन बिदा पछी आज बिहान कार्यालय खोल्न जादा चोरी भएको थाहा पायौ” वडाध्यक्ष गिरीले भने – “ताल्चा फोडिएको छैन चेनगेटको चुकुल नै फोडेछ चोरले । ईन्भर्टरको दुइवटा ब्याट्री बाहेक अरु केहि चोरिएको छैन ।”
चोरी भएको थाहा पाएपछि वडाध्यक्ष गुरीले सीमा प्रहरी चौकी भवानीपुरमा जाहेरी दिएका छन्।