जेठ, २०, गौरीगञ्ज । गौरीगञ्ज गाउँपालिका को वडा नं ३ को नवनिर्वाचित वडा समिति ले वडा भित्रका अति बिपन्न २ सय परिवारको निशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । वडा समिति को शुक्रबार बसेको पहिलो बैठकले सो निर्णय गरेको हो ।
वडाध्यक्ष श्रवण गिरी को अध्यक्षता मा बसेको बैठकले। चुनाबमा सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिदै सडक बत्ती, पुल पुलेसा लगायतका महत्वपूर्ण निर्णय हरु गरेका छन् ।
वडा समिति को पहिलो बैठकले निम्न प्रस्ताव माथि छलफल गरि निम्न निर्णय हरु गरेका छन् –
प्र. नं. १ धन्यवाद प्रस्ताव सम्बन्धमाः उक्त प्रस्ताव माथी छलफल गर्दा स्थानीय निकाय निर्वाचन २०७९ मा यस गौरीगंज गा.पा. वार्ड नं. ३ वडा को निर्वाचनमा आफनो अमुल्य मत दिई विजय गराई वार्ड नं. ३ का निर्वाचित सम्पूर्ण पदाधिकारीहरुको तर्फबाट यस वडाका सम्पूर्ण मतदाता, स्थानीय बुद्धिजीवि, राजनीतिदल, कर्मचारी, समाजसेवी, सुरक्षाकर्मि, देश विदेशमा बस्ने लगायत आ- आफ्नो क्षेत्रबाट सहयोग गर्ने सबै लाई आभार प्रकट गर्दै धन्यबाद प्रस्ताव को सर्व सम्मतीबाट निर्णय गरीयो ।
प्र. नं. २ वडा कार्यालय प्राङ्गणमा माटो पुर्ने सम्बन्धमाः उक्त प्रस्ताव माथी छलफल गर्दा यस गौरीगंज गा. पा. वार्ड न.. ३ वडा कार्यालयको प्राङ्गण आउने बाटोमा पानी जम्ने भएकोले तत्काल उक्त बाटो निर्माणको लागी आवश्यक वजेट गा.पा. कार्यालयमा माग गर्ने निर्णय गरीयो ।
प्र.नं ३ निशुल्क सवास्थ्य विमा सम्बन्धमाः उक्त प्रस्ताव माथी छलफल गर्दा यस वार्ड कार्यालयको सिलिङ्ग वजेट बाट यस गौरीगंज गा.पा. वार्ड नं. ३ मा वसोवास गर्ने अति विपन्न परीवारहरु मध्ये पहिलो चरणमा वढिमा आगामी आ.व भित्र २०० घर परीवारहरु लाई निशुल्क स्वास्थ्य विमाको व्यवस्था गर्ने निर्णय गरीयो ।
प्र. नं. ४ ठेकिटोला आधारभुत स्वास्थ्य चौकि भवन निर्माण सम्बन्धमाः उक्त प्रस्ताव माथी छलफल गर्दा यस वार्ड भित्र रहेको ठेकिटोला आधारभुत स्वास्थ्य चौकि भवन निर्माणको लागी जग्गाको समेत व्यवस्थापन भईसकेको हुंदा तत्काल भवन निर्माणको लागी आवश्यक व्यवस्थाको लागी गा.पा. कार्यालयमा सिफारीस गर्ने निर्णय गरीयो ।
प्र. नं. ५ भाटेपुल निर्माण सम्बन्धमाः उक्त प्रस्ताव माथी छलफल गर्दा यस वार्ड स्थित तेलगानी ईसुडांडा र धर्मे डाडा विच रहको धाद्रामा भाटे पुल निर्माणको लागी आवश्यक वजेट रु.२०,०००।०० गा.पा. कार्यालयमा माग गर्ने निर्णय गरीयो ।
प्र. नं. ६ बस टेम्पो, सिटी सफारी स्टेन्ड सम्बन्धमा उक्त प्रस्तावमाथी छलफल गर्दा गौरीगंज चोकमा अत्याधिक सवारी साधनको चाप वढी दिनप्रती दिन दुर्घटना बढी रहको हुंदा निम्न सवारी साधनहरु लाई निम्न स्थानमा यात्रु प्रतीक्षालयको लागी स्टेन्ड तोक्ने भनी निर्णय गरीयो
निम्न १. बसहरुको सटेन्ड बसस्टेन्डको लागी सम्पूर्ण वसहरु बसपार्कमा राख्न लगाई यात्रुहरुको लगी काउन्टर संचालन गर्न लगाउने ।
२ टेम्पो सिटी सफारी गाडीहरुको स्टेन्ड:-टेम्पो सिटी सफारी गाडीहरुको लागी बसपार्क जाने सडकको पूर्व पश्चिम हुलाकी सडकको दक्षिण साईडमा सटेन्ड गर्न लगाउने ।
३. भेन गाडीहरुको स्टेन्ड:- गौरीगंज मा.वि. पूर्व हुलाकी सडकको उत्तर साईडमा स्टेन्ड गर्न लगाउने ।
प्र. नं. ७ कृषि विवरण उपलब्ध गराउने सम्बन्धमा उक्त प्रतावमाथी छलफल गर्दा कृषि विवरणको लगतको लागी कृषि कार्यालय बाट खटी आएका स्वयंसेवकहरु लाई माग अनुसारको विवरण उपलब्ध गराई सहयोग गर्ने निर्णय गरीयो ।
८. कृषि मल उपलब्ध सम्बन्धमाः उक्त प्रस्ताव माथी छलफल गर्दा यस वार्ड भित्रका कृषकहरुको लागी हिउदे धानवाली लगाउने समय आइ सकेको हंदा हाल सम्म प्रयाप्त मल आईनसकेकोले तत्काल कृषकहरुको माग अनुसारको रासायनीक मल उपलब्धको लागी सम्बन्धित निकायसित पहल गर्न गा.पा. कार्यालय लाई अनुरोध गर्ने निर्णय गरीयो ।
प्र.न. ९ हुलाकि सडकको लेहरा पक्किपुल संचालन सम्बन्धमा उक्त प्रस्ताव माथी छलफल गर्दा यस वडा स्थित लेहरा खोलाको हुलाकि सडकमा निर्मित पक्किपुल निर्माण भई दुवै साईडमा पंखा समेत निर्माण भई माटोको काम मात्र वाकिरहि पुल संचालन हुन नसकेको हुदा यस क्षेत्रका वासिन्दा दैनिकरुपमा यातना पाईरहेकोले तत्काल उक्त पुल संचालनको लागी आवश्यक पहल गरी दिनहुन गा. पा. कार्यालय लाई अनुरोध गर्ने निर्णय गरीयो ।
प्र. नं. १० सडक बत्ती मर्मत सम्बन्धमा उक्त प्रस्ताव माथी छलफल गर्दा यस वार्डमा जडान भएका सडक बत्ती विग्रीएको व्यापक जनगुनासो आई रहेकोले तत्काल विग्रीएका सडक बत्ती मर्मतका लागी गा.पा. कार्यालयले ठेक्का लगाएको ठेकेदार मार्फत मर्मतको लागी अनुरोध गर्ने निर्णय गरीयो ।