वडा नं १ का लोकप्रिय स्वतन्त्र उम्मेदवार श्रेष्ठको चुनाव चिन्ह गुलाबको फूल

पढ्न समय: 1 मिनेट

गौरीगञ्ज गाउँपालिका वडा नं १ को लागि वडा सदस्य पदका स्वतन्त्र उम्मेदवार टँक बहादुर श्रेष्ठ ले चुनाव चिन्ह गुलाबको फूल पाएका छन् । उनि वडा नं १ कै लोकप्रिय स्वतन्त्र उम्मेदवार हुन् ।‌

- Advertisement -
Ad image

अघिल्लो स्थानीय तहको चुनाव मा नेपाली काँग्रेस बाट वडा सदस्य पदमा चुनाव लडेका श्रेष्ठ ले वडा सदस्य मध्येकै सबैभन्दा बढी मत प्राप्त गरि बिजयी भएका थिए । वडा भित्र लोकप्रिय हुदा हुदै पनि पार्टी भित्र का केहि चाँकडीबादी हरुले टिकट बाँडफाँड मा उनलाई अलग्याएपछी उनले वडा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

शनिबार निर्वाचन अधिकृत को कार्यालय ले उनलाई गुलावको फुल चुनाव चिन्ह प्रदान गरेको हो । उनको चुनाव चिन्ह गुलाबको फूल मतपत्र को २२ औँ लहरमा छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्