साउन ११ गौरीगञ्ज । गौरीगञ्ज गाउँपालिकाको आन्तरिक आम्दानी नै धरासायी हुने गरि वडा नं ६ को कार्यालय ले गतिबिधि गरिरहेको पाईएको छ । पालिका भित्रका अन्य वडा का बिबादित वा कैफियत देखिएका जमिन हरुको मालपोत वडा नं ६ को कार्यालय ले काट्दा गौरीगञ्ज गाउँपालिकाको आन्तरिक आम्दानीको ठुलो हिस्सा गुमेको छ । गौरीगञ्ज गाउँपालिकाको वडा नँ ५ मा रहेको जग्गाको मालपोत वडा नँ ६ को कार्यालयले काट्दा गौरीगञ्ज गाउँपालिकाको झण्डै साढे ६ लाख रुपैया आमदानी गुमेको छ ।

वडा नँ ५ को नारियलबारीमा रहेको झण्डै २२ बिघा जमिनको मालपोत वडा नँ ६ को कार्यालयले गैर कानुनी रुपमा काटेको तथ्य बाहिर आएको छ । झण्डै २० बर्ष देखि मालपोत तिर्न बाकी रहेको सो जमिनको मालपोत जरिवाना सहित झण्डै ७ लाख रुपैया पुगेको मा वडा नँ ६ को कार्यालयले पछिल्लो ३ बर्षको मात्र रु २३ हजार १३ रुपैया मालपोत लिएर जग्गाधनीलाई उन्मुक्ती दिएको कुरा श्रोतले बताएको छ ।


२०७८ सालमा सो जग्गाको मालपोत तिर्न जग्गाधनीका आफन्तहरु वडा नँ ५ को कार्यालय पुगेका थिए । तर सो जग्गाको मालपोत लामो समयदेखि नतिरिएको देखिएपछी वडा नँ ५ को कार्यालयले सो रकम तिर्न गाउँपालिका पठाएको र गाउँपालिकामा सो जमिनको मालपोत हिसाव गर्दा झण्डै ७ लाख रुपैया तिर्न बाकी देखिएको कुरा श्रोतले बताएको छ । पछी २०७८ साल चैत १ गते वडा नँ ६ को कार्यालयले सो जमिनको २०७६ देखि ७८ साल सम्मको मात्र रु २३ हजार १३ रुपैयाको मालपोत रसिद काटेर जग्गा धनी लाई उन्मुक्ति दिएको पाईएको छ ।

गएको असारमा सोहि जग्गाको चालु आर्थिक बर्षको मालपोत तिर्न जग्गाधनीका बारेस वडा नँ ५ को कार्यालयमा पुग्दा सो तथ्य बाहिरिएको कुरा श्रोतले दाबी गरेको छ ।


वडा नँ ६ को कार्यालयले जानाजान नियत बस नै गाउँपालिकाको यति धेरै राजश्व गुम्ने गरि गैर जिम्मेबार काम गरेको तथ्य बाहिरिए सँगै गाउँपालिकाले अहिले यो मुद्दा भित्र भत्रै मिलाउने प्रयास गरिरहेको कुरा गाउँपालिकाकै एक कर्मचारीले नाम नछाप्ने सर्तमा बताएका छन् । सो मालपोत रसिदमा वडा नँ ६ का कार्यालय सहयोगी मेघराज राजवँशीले मालपोत काटेको देखिन्छ । तर गाउँपालिकाकै यति धेरै आमदानी गुम्ने गरि रसिद काटिएको यो घटना को तथ्य बाहिरि सक्दा समेत न त त्यो कर्मचारीलाइ कुनै कारवाहि गरिएको छ न त छानबिन समिती नै गठन गरि छानबिन अघि वढाइएको छ । बरु भित्रभित्रै यो घटनालाइ गुपचुप बनाउने कोशिस गरिएको छ ।


यतिधेरै आमदानी गुम्ने गरि भएको यस प्रकरणलाइ गुपचुपमा मिलाउन खोज्नु र कर्मचारीलाइ समेत कुनै कारवाहि नगर्नुले यो प्रकरणमा वडाध्यक्ष लगायतका जनप्रतिनिधिहरुको समेत सँलग्नता रहेको आशँका गरिएको छ । वडा नँ ६ मा अघिल्लो कार्यकाल देखि नै बद्री नारायण यादव वडाध्यक्ष छन् ।


यस अघि पनि वडा नँ ६ को कार्यालयले वडा नँ ३ को लोकसेवा सदनको बिबादित जग्गाको मालपोत रसिद काटेर मुद्दालाइ नै कमजोर बनाउने चलखेल गरेको तथ्य सार्वजनिक भइसकेको छ भने वडा नँ ६ को कार्यालयले वडा नँ ४ का केहि जमिनहरुको समेत मालपोत काटेको कुरा वडा नँ ६ कै एक कर्मचारीले बताएका छन् ।
मालपोत शुल्क गाउँपालिकाको आन्तरिक आम्दानी को श्रोत हो भने वडाहरुमा बजेट बाँडफाड गर्दा समेत वडाहरुले सँकलन गर्ने राजश्वलाइ आधार मानेर बजेट बिनियोजन हुने गरेको छ ।

(यस प्रकरणका प्रमाण हरु।गौरीगञ्ज दर्पण डटकम सँग सुरक्षित छन् ।)