असोज १२ गौरीगञ्ज । गौरीगञ्ज वडा नँ ३ ठेकिटोलमा आधारभुत स्वास्थ्य केन्द्रको स्थापना भएको छ । आज एक औपचारीक कार्यक्रमको आयोजना गरि गाउँपालिका उपाध्यक्ष दिपेन्द्र थापाले ब्यानर पढेर सो स्वास्थ्य केन्द्रको उद्घाटन गरेकाछन् भने स्वास्थ्य कर्मी करण यादबले उपाध्यक्ष थापाको प्रेसर जाँच गरेर स्वास्थ्य सेवा सुचारु भएको को जनाउ दिएकाछन् ।
प्रत्येक १० हजार जनसँख्या बराबर एक आधारभुत स्वास्थ्य केन्द्र हुनु पर्ने नेपाल सरकारको अबधारणा अनुरुप वडा नँ ३ बासीलाइ आधारभुत स्वास्थ्य सेवा दिने उद्देश्यले सो केन्द्रको स्थापना भएको कुरा स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले बताए । अहिले सो आधारभुत केन्द्रमा स्वास्थ्य कर्मी पानालाल राजवँशीको नेतृत्वमा ३ जनस्वास्थ्य कर्मी खटाइएको छ ।
वडाध्यक्ष मखना महतोको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले स्वागत मन्तब्य राखेका थिए भने उपाध्यक्ष थापा र गौरीगञ्ज गाउँपालिकामा प्रमुख प्रसासकीय अधिकृत राजु दाहालले शुभकामना मन्तब्य राखेका थिए । स्थानियहरुले तर्फबाट बोल्दै केदार ढुँगेलले आफ्नै गाउँमा स्थापना भएको स्वास्थ्य केन्द्रले स्थानियहरु लाभान्वित हुनेमा आशाबादी रहेको बताए । वडासचिब अजय साहले कार्यक्रम सहजिकरण गरेकाथिए ।
वडा नँ ३ मा आधारभुत स्वास्थ्य केन्द्र

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्