कार्तिक १८ गौरीगञ्ज । गौरीगञ्ज गाउँपालिका वडा नँ ३ का थप दुइ जनालाइ कोरोना सँक्रमण पुष्टी भएको कुरा स्वास्थ्य शाखा गौरीगञ्जले जनाएको छ ।
सँक्रमित हुनेमा अन्दाजि ३० वर्षिय पुरुष र ५० वर्षिय महिला रहेको कुरा शाखाले जनाएको छ । केहि दिन अघि बिरामी भइ बिराटनगर स्थित नोबेल अस्पतालमा भर्ना भएका पुरुषमा हिजो सँक्रमण पुष्टी भएको थियो । हिजै अबेर राति सोहि वडा की महिलालाइ सँक्रमण पुष्टी भएको हो । बिरामी भइ दमकमा उपचार गर्न जाँदा त्यहि स्वाब दिएको र सो स्वाब बिराटनगरमा परिक्षण हुँदा हिजो अबेर राति रिपोर्ट पोजेटिभ आएको कुरा पारिवारिक श्रोतले जनाएको छ । हिजै वडा नँ १ का ६३ वर्षिय पुरुष लाइ समेत सँक्रमण पुष्टी भएको कुरा स्वास्थ्य कार्यालय झापा ले जनाएको छ । तिनै जना सँक्रमित हरु समुदाय स्तरको रहेको बुझिएको छ ।
प्रतिक्रिया लेख्नुहोस्