माघ १८ झापा । गौरीगञ्ज गाउँपालिका बडा नं ३ ले आफ्नोे वडा भित्र का जेष्ठ नागरिक हरुलाइ एक दिने तिर्थ यात्रा मा पठाइएको छ । बडा कार्यालय ले बडा भित्र का ३६ जना जेष्ठ नागरिक हरुलाइ सप्तरी जिल्ला स्थित छिन्नमस्ता भगवती तथा कँकालिनि भगवती मन्दिर को दर्शन यात्रा मा पठाएको हो ।
आइतबार बिहान एक कार्यक्रमको आयोजना गरि जेष्ठ नागरिक हरुलाइ फुलमाला सहित यात्रा का लागि विदाइ गरिएको थियोे । वडाको लक्षित बर्गको रु ६० हजार बजेट बाट सो दर्शन यात्रा को आयोजना गरिएको कुरा वडाध्यक्ष मखना महतोले बताए । त्यसैगरी वडा कार्यालय ले आदिवासी जनजाति दलित मुस्लिम तथा पिछडावर्ग लाइ ग्यास चुल्होको सेट बितरण गरेको छ । वडाको लक्षित बर्गको रु २ लाख ४० हजार बजेटबाट सबै समुहका ३६ जना अति बिपन्न परिवारलाई सिलिन्डर सहितको ग्यास चुल्हो वितरण गरिएको हो ।
वडाध्यक्ष मखना महतोको अध्यक्षतामा सम्पन्न भएको विदाइ तथा बितरण कार्यक्रम मा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ थिए भने कार्यक्रम मा वडा सदस्य हेमा आचार्य सरिता सेर्पा, सोमनी देवी पासवान प्रहरी निरीक्षक द्वय राकेश रेग्मी र महेश बिष्ट तथा पुर्व गाबिस अध्यक्ष देवी राजवँशी लगायतको उपस्थिति रहेको थियो ।