मँसिर २५ गौरीगञ्ज झापाको गौरीगञ्ज गाउँपालिका वडा नँ १ को कार्यालयले आयोजना गरेको वडाध्यक्ष कप फुटबल प्रतियोगितामा लफडा भएको छ । सोमबार प्रतियोगिताको फाइनल खेलमा खेलाडीहरु बीच कुटाकुट हुँदा दुइ जना खेलाडी घाइते भएका छन् ।
प्रतियोगिताको फाइनल खेलमा साबिक वडा नँ ३ कुञ्जीबारी र साबिक वडा नँ ५ झोडा बीच प्रतिस्पर्धा भएको थियो ।
खेलको अन्ति दुइ मिनेट बाँकी हुँदा खेल्दै गरेका वडा नँ ५ समुहका खेलाडी बिकल योङ्याले वडा नँ ५ का खेलाडी अर्जुन लिम्बुलाइ मैदानमै कुटेपछी लफडा शुरु भएको थियो । त्यस लगतै मैदान बाहिर खेल हेर्दै बसिरहेका वडा नँ ३ का अर्का खेलाडी दिलिप हास्दा माथि हातपात भएको थियो । झडपमा दिलिप हास्दा र अर्जुन लिम्बु घाइते भएका छन् । घाइते मध्ये दिलिप हास्दालाइ छाति र टाउकोमा गम्भिर चोट लागेको छ भने उनलाइ उपचारका लागि बिर्तामोड पडाइएको कुरा अर्का घाइते अर्जुन लिम्बुले बताएका छन् ।
खेलको अन्तिम दुइ मिनेट बाँकी रहँदा वडा नँ ५ झोडा को १ गोल बिरुद्ध वडा नँ ३ कुञ्जिबारीले २ गोल हानेका थिए । झडप पछी अन्तिम २ मिनेटको खेललाइ स्थगित गरि झडप अघि सम्म भएको गोलको आधारमा आयोजकले वडा नँ ३ कुञ्जिबारीलाइ बिजेता घोषणा गरेको थियो । त्यसै गरि उत्कृष्ट किपरको उपाधी टेकबहादुर योङ्याले जितेका छन् भने हाइ स्कोरर को उपाधी सुदिप भुजेलले पाएका छन् । उत्कृष्ट खेलाडीको उपाधी प्रकाश मुर्मुले जितेका छन् ।