बैशाख ८ गौरीगञ्ज । आफैंले जारि गरेको ऐन विपरित उपभोक्ता समिति गठन गरि वडा नँ ३ को कार्यालय ले कार्यालय भवन निर्माण शुरु गरेकोमा उपभोकमता समिति को बैधता माथि प्रश्न उठेपछि न्यायिक समिति का सँयोजक तथा गाउँपालिका उपाध्यक्ष दिपेन्द्र थापा ले सो वडा कार्यालय भवन को निर्माण कार्य तत्कालका लागि रोक्न लिखित पत्राचार गरेका छन् । थापाले वडा नँ ३ को कार्यालय लाई बुधबार पत्र लेख्दै छलफल बाट निकास न भएसम्मका लागि निर्माण कार्य रोक्न निर्देशन दिएका हुन् । ऐन विपरित सो उपभोक्ता समिति गठन गरिएको पाईएपछि गत चैत ३१ गते गौरीगञ्ज दर्पण डटकम ले प्रमाण सहित सो समिति अबैध रहेको समाचार प्रकाशित गरेको थियो ।
ऐन विपरित, वडा कार्यालय ले सुनियोजित रुपमा उपभोक्ता समिति गठन गरी वडा नँ ३ को कार्यालय भवन निर्माण गर्न थालेपछी सो समिति को नैतिकता माथि प्रश्न उठाउदै पुर्व गाबिस अध्यक्ष घनश्याम रिजाल सहित ३९ जना स्थानिय हरुले बुधबार न्यायिक समिति मा उजुरी दर्ता गराएका छन् ।
उजुरी मा सो समिति को बैधानिकता माथि प्रश्न उठाउदै केहि समय अघि सामुदायिक भवनका लागि सरकारले लगानी गरेको जग्गामा स्थानिय समुदाय सँग छलफल नै नगरी मनोमानी ढँगबाट वडा कार्यालय ले वडा कार्यालय भवन निर्माण गर्ने थालेकोमा आपत्ति जनाएकाछन् । हाल वडा कार्यालय भवन निर्माण भइरहेको जग्गामा केहि समय अघि सामुदायिक भवन निर्माण गर्ने बजेट छुट्याई घेराबारा समेत गरिएको थियो । स्थानिय हरुलाइ जानकारी नै नदिई गुपचुप रुपमा आफ्ना आसेपासे हरुलाई बोलाई सामुदायिक भवनको जग्गामा उपभोक्ता समिति बनाई वडा कार्यालय भवन निर्माण गर्न थालिएको कुरा उजुरी दर्ता गराएका मध्येका एक विश्वराज रिजालले बताए ।
गौरीगञ्ज गाउँपालिका ले राजपत्रमा प्रकाशित गरेको उपभोक्ता समिति गठन परिचालन तथा व्यवस्थापन सँबन्धी कार्यविधि मा एउटै व्यक्ति एक भन्दा वढि उपभोक्ता समिति मा बस्न नपाउने नियम हुदाहुदै वडाध्यक्ष मखना महतो ले सो कार्यविधि बिपरित आफ्नै रोहबरमा स्थानिय सिताराम खड्का लाई दुइवटा समिति को पदाधिकारी बनाएका छन् । ठेकिटोल स्वास्थ्य चौकी जाने सडक उपभोक्ता समिति मा सचिव रहेका खड्का लाई सो समिति को योजना फरफारक नै नगरी गत चैत १९ गते वडा कार्यालय भवन निर्माण उपभोक्ता समितिको अध्यक्ष बनाएका थिए । यस अघि पनि खड्का लाई एकै साथ दुइवटा योजनाको उपभोक्ता समिति अध्यक्ष वनाइएको प्रमाणहरू गौरीगञ्ज दर्पण डटकम ले सार्वजनिक गरिसकेको छ । सो समिति ले गाउँपालिका सँग गरेको सँझौता पत्रमा समेत शँकास्पद तिथि मिति हरु फेला परेको छ । सो उपभोक्ता समिति अबैध रहेको र पटक पटक एकै व्यक्ति लाई सुनियोजित रुपमा उपभोक्ता समिति को पदाधिकारी बनाएको सप्रमाण समाचार सार्वजनिक भए पनि गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ ले समिति माथि छानबिन गर्न र वडा कार्यालय लाई स्पष्टीकरण सोध्नुको साटो समिति र वडा कार्यालय को नितिगत त्रुटिलाई सँरक्षण गर्दै अध्यक्ष श्रेष्ठ ले बैशाख ३ गते सो वडा कार्यालय भवन को शिलान्यास गरेका थिए ।
पनि पढ्नुहोस् –