झापाको गौरीगञ्ज गाउँपालिका वडा नँ ६ का वडासदस्य नितेश साह अहिले इलाका प्रहरी कार्यालय गौरीगञ्जको हिरासतमा छन् । वडा नँ ६ का वडाध्यक्ष बद्रीनारायण यादवको जाहेरीको आधारमा उनलाइ प्रहरीले शनिबार बिहान पक्राउ गरेको हो ।
वडाध्यक्ष यादवले उनि बिरुद्ध प्रहरीमा दिएको जाहेरीमा वडा सदस्य साहले मादक पदार्थ सेवन गरि वडा कार्यालय भित्र वडाध्यक्ष र कर्मचारीहरुलाइ गालि गलैज तथा अभद्र ब्यवहार गरेको आरोप लगाएका छन् ।
इलाका प्रहरी कार्यालय गौरीगञ्जमा यस्ता घटना महिनामा दर्जनौ आएपनि सामान्यतया यस्तो घटनाहरु छलफलकै माध्यमबाट टुँग्याउने चलन छ । तर यसपटक यो घटनामा जन प्रतिनिधि नै सँलग्न रहेको र मुद्दा प्रकृया अघि बढिसकेकाले पनि यस घटनालाइ चासोका साथ हेरिएको छ । आम जनतानमा चासो बढेपछी हामीले यस घटनालाइ भित्रै सम्म चिरफार गर्न घटनाका प्रत्यक्ष दर्शीहरुसँग भेटेर सत्य तथ्य बुझ्ने कोशिस गरेका छौ ।
प्रहरीमा परेको जाहेरी अनुसार यो घटना गत चैत ६ गते शुक्रबारको हो ।
प्रत्यक्ष दर्शीका अनुसार शुक्रबार बिहान करिव ११ बजे वडा नँ ६ को कार्यालयमा वडाध्यक्षको कार्यकक्षमा वडाध्यक्ष बद्री नारायण यादव र वडा सदस्य नितेश साह बीच गौरीगञ्ज अस्पताल पछाडी रहेको महाराज थानको योजना स्टिमेटको बारेमा छलफल भइरहेको थियो । वडाध्यक्षको कार्यकक्षमा वडाध्यक्ष बद्री नारायण यादव वडा सदस्य नितेश साह र प्राबिधिक अशोक खड्का थिए । त्यहि छेउमा वडा नँ ५ का वडा सदस्य देबनारायण सिँह गन्गाइ पनि थिए । अर्को कोठामा कम्प्युटर सहायक भुवन सिँह राजवँशी र मेघराज राजवँशी काम गरिरहेका थिए । केहिबेर पछी वडाध्यक्ष र वडासदस्य बीचको छलफल बिबादको रुप लियो । दुबैको स्वर चर्को हुँदै गयो भने दुबै बिबाद गर्दै बाहिर दर्ता चलानीको कोठामा आए । दर्ता चलानी कोठामा आएरपनि उनिहरुको स्वर सानो नभएपछी केहिबेर त्यहाको कामकाज रोकीयो । त्यसपछी ५ नँबरका वडा सदस्य गन्गाइ त्यहाबाट बाहिरिए । घटनाको बखत वडा सचिब गोबिन्द राजवँशी कार्यालयमा उपस्थित नरहेको बुझिएको छ ।
जाहेरीमा वडाध्यक्ष यादवले वडा सदस्य साह माथि मापसे गरेको र आफु लगायत कर्मचारीहरुलाइ दर्ब्यवहार गरेको आरोप लगाएपनि त्यहा उपस्थित वडा नँ ५ का वडा सदस्य देवनारायण गन्गाइका अनुसार वडा सदस्य नितेशले त्यो बेला मादक पदार्थ सेवन नगरेको र उनले कर्मचारीहरुलाइ समेत कुनै दुर्व्यबहार गरेका थिएनन् । यस बारे त्यहा उपस्थित एक जना कर्मचारीले समेत वडा सदस्य साहले कर्मचारीहरुलाइ कुनै दुर्व्यपहार नगरेको कुरा नाम नछाप्ने सर्तमा बताएका छन् ।
यो घटना शुक्रबार बिहान ११ बजेको भएपनि वडाध्यक्ष यादबले जाहेरी शुक्रबार बेलुकी मात्र दिएको र सोहि जाहेरीको आधारमा वडा सदस्य साहलाइ भोली पल्ट शनिबार बिहान मात्र घरबाट पक्राउ गरेको कुरा इलाका प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ । घटना भएको एक दिन पछी पक्राउ पर्नु र पक्राउ परेपछी मात्र उनको स्वास्थ्य परीक्षण हुनुले घटनाको बखत अभियुक्तले मापसे गरेको वा नगरेको प्रमाणित होला र भन्ने प्रश्न समेत उब्जिएको छ ।
बिबादको कारक तत्व बिकास निर्माणको स्टिमेट देखिएपनि एक दिन अघि वडाध्यक्ष र वडासदस्य बिच भारतबाट भागेर आएका दुइ युवा र युवती बीचको घटनाका बिषयमा इलाका प्रहरी कार्यालयमै बिबाद भएको कुरा प्रत्यक्षदर्शीहरु बताउछन् ।
दुबै जना बीचको बिबाद अहिले सतहमा आएपनि उनिहरु बिच केहि बर्ष अघि वडाध्यक्ष यादबले एक भारतिय नागरिकलाइ नेपाली नागरिकताको सिफारिस गरेको बिषयलाइ लिएर नै फाटो आएको कुरा वडा सदस्यकी बहिनी नितु साहले बताएकी छन् । सोहि घटनाको बदला लिन यादबले साहलाइ झुठा आरोप लगाएको उनको भनाइ छ । अहिले प्रहरीले ५ दिनको म्याद थप गरि घटनाको अनुसन्धान गरिरहेको छ ।

