जेठ २६, गौरीगञ्ज । झापाको गौरीगञ्ज गाउँपालिका वडा नँ ४ मा सँचालित प्रधानमन्त्री स्वरोजगार कार्यक्रम को रकममा भएको अनियमितता काण्डका नाईके खुम गिरी लाई उन्मुक्ति दिने प्रयास भइरहेको बुझिएको छ । फिल्डमा दैनिक १२ देखि १९ जनाले मात्र काम गरेको तर डोर हाजिरमा २५ जनाको हाजिर देखाई लाखौ रकम हिनामिना गरेको र कामदारहरुको मोवाइल बैँकिङ्को पासवर्ड दुरुपयोग गरि कामदारहरुको खाताको रकम आफ्नो नाममा सारेको लगायतका आरोप सहित पिडित पक्षले गत जेठ १६ गते स्वरोजगार कार्यक्रम का उपभोक्ता समिति अध्यक्ष तथा वडाध्यक्ष कुल प्रसाद गिरी का छोरा खुम गिरी बिरुद्ध न्यायिक समिति मा उजुरी दिएपनि न्यायिक समिति ले उजुरी परेको दस दिन बितिसक्दा समेत समस्या निरुपण गर्ने आलटाल गर्दै आएको पिडित पक्षको दाबि छ । वडा नँ ४ का वडाध्यक्ष कुलप्रसाद गिरीका छोरा खुम गिरी ले सो स्वरोजगार कार्यक्रम मा अनियमितता गरेको पर्याप्त प्रमाण हरु हुदाहुदै पनि गिरीलाई उन्मुक्ति दिने प्रयास भइरहेको बुझिएको छ ।
उजुरी परे यता न्यायिक समिति ले जेठ १८ गते सामुहिक र जेठ २१ गते पिडित र पिडक पक्षको छुट्टाछुट्टै बयान लिएको थियो । १८ गतेको सामुहिक छलफलमा खुम गिरी ले आफुले कसैको रकम मोवाइल बैँकिङ् मार्फत नझिकेको दाबी गर्दै २० गते बैँक गएर कामदारले आफ्नो रकम बैँकबाट झिक्न सक्ने कुरा बताएका थिए । तर २० गते पिडित कामदार मध्ये का बृकलाल ताजपुरिया ले एनआईसी एसीया बैँकमा चेक साट्न जाँदा बैंकका कर्मचारी ले खातामा रकम नभएको जानकारी गराएका थिए । आफ्नो खातामा रकम नभएको जानकारी पाए पश्चात उनले आफ्नो खाताबाट कसले रकम झिक्यो भन्ने कुरा बुझ्न बैङ्क स्टेटमेन्ट माग गरेका थिए । एनआईसी एसीया बैकले उपलब्ध गराएको बैँक स्टेटमेन्ट मा उनको खाताबाट मोवाईल बैँकिङ को पासवर्ड दुरुपयोग गरि १७ एप्रिलमा रु ६ हजार र ११ मे मा रु ६ हजार गरि दुइ पटक अरुको खातामा रकम ट्रान्सफर गरेको देखिएको छ ।

बैकले उपलब्ध गराएको पिडित ताजपुरियाको बैँक स्टेटमेन्ट


सो दुइ वटै मितीमा बृकलाल ताजपुरिया को मोबाईलमा एनआइसी एसिया बैँकबाट आएको म्यासेज मा उनको खाता बाट L38####26652401 नँबरको खातामा रकम ट्रान्सफर भएको देखिन्छ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रम का सँयोजक बेगम राईले गौरीगञ्ज दर्पण डटकम लाई उपलब्ध गराएको रकम भुक्तानी को कागजात अनुसार सो L38####26652401 नँबरको खाता वडाध्यक्ष का छोरा खुम गिरी को रहेको पुष्टी गर्दछ ।

१७ एप्रिल मा पिडित ताजपुरियाको खाता बाट वडाध्यक्ष का छोरा खुम गिरी को खातामा रकम ट्रान्सफर भएको म्यासेज
११ मे मा पिडित ताजपुरियाको खाता बाट वडाध्यक्ष का छोरा खुम गिरी को खातामा रकम ट्रान्सफर भएको म्यासेज

गिरी बिरुद्ध उजुरी परे यता गिरीले पुन: ताजपुरिया को एकाउन्टमा रकम ट्रान्सफर गर्न २४ पटक प्रयास गरेको देखिन्छ तर सो रकम ट्रान्सफर फेल भएको म्यासेज ले देखाएको छ ।

उजुरी परेपछि रकम फिर्ता को प्रयास । प्रकृया गलत भएपछी रकम ट्रान्सफर नभएको म्यासेज


बृकलाल ताजपुरिया को मात्र हैन गिरीले पुर्ण लाल ताजपुरिया सहित करिब अधिकाँश कामदार हरुको मोबाइल बैंकिङ को पासवर्ड दुरुपयोग गरि आफ्नो खातामा रकम ट्रान्सफर गरेको कुरा पिडितहरुले बयानका क्रममा बताएका छन् । पुर्णलाल ताजपुरिया ले त झन अहिले सम्म आफ्नो बैँक खाताको चेक समेत अहिलेसम्म आफुले नपाएको र खुम गिरी ले खै कुन तरिकाले रकम झिकेर आफुलाई दुइ पटक दिएको र तेस्रो पटक रकम नदिएकाले उजुरी गर्नु परेको बताएकाछन् । उजुरी परिसकेपछी गिरीले आफुलाई पैसा ल्याएर दिएको बताए । बृकलाल ताजपुरिया ले पनि बल्ल बल्ल आज गिरी ले पैसा दिएको बताए ।

रकम ट्रान्सफर भएको सो खाता वडाध्यक्ष का छोरा खुम गिरी को रहेको पुष्टी गर्ने स्वरोजगार कार्यक्रम को कागजात


पिडित र पिडक को बयानका क्रममा अध्यक्ष गिरीले स्वरोजगार कार्यक्रम मा छनौट परेका करिब एक दर्जन कामदार हरुको साटो अन्य व्यक्तिहरुलाई गैरकानुनी रुपमा काम गर्ने दिएको खुलेको छ । सट्टामा काम गर्ने आधा दर्जन कामदारले अझै ज्याला नपाएको गुनासो गरेका छन् ।
१८ गतेको सामुहिक छलफल र २१ गतेको छुट्टाछुट्टै बयान मा सबै उपस्थिति कामदारले फिल्डमा दैनिक १२ देखि १९-२० जनासम्म मात्र कामदार उपस्थिति हुने गरेको बयान दिएका छन् । यद्यपि बयान दिन उपस्थिति दुइ जना कामदार बाहेक ले आफुहरु ४८ दिननै काम गर्ने गएको दाबी गरेका छन् । यसअघि वडाध्यक्ष कुल प्रसाद गिरी ले समेत आफु अनुगमन मा जाँदा २५ जना कामदार नहुने गरेको कुरा बताइसकेका छन् ।
सामुहिक छलफलमा कामदारहरुले आफुहरु फिल्डमा दैनिक १२ देखि १९-२० जनासम्म मात्रै हुने गरेको कुरा बताइरहँदा आरोपि खुम गिरी ले अन्य कामदार हरुलाई कहिले मलामी टहरामा त कहिले वडा कार्यालय सरसफाई मा खटाएको दाबी गरिरहेका थिए । उनले लिखित बयान मा समेत आफुले बाँकी कामदार मलामी टहरामा र वडा कार्यालय सरसफाई मा खटाएको जवाफ पेस गरेका छन् तर स्वरोजगार कार्यक्रम शाखाले रकम भुक्तानी गरेको कागजात हरुमा मलामी टहरा र वडा कार्यालय सरसफाई मा काम भएको देखिदैन । स्वरोजगार कार्यक्रम सँयोजक बेगम राइका अनुसार वडा नँ ४ मा तिन वटा सडक खन्ने काम मात्र को स्टिमेट भएको र स्टिमेट भन्दा बाहिरको शिर्षक वा योजनामा कामदार प्रयोग गर्न कार्यपालिका को निर्णय चाहिने कुरा बताएका छन् ।
यति पर्याप्त प्रमाण हुदाँहुदै पनि न्यायिक समिति ले न्याय निरुपण गर्ने आलटाल गर्नु लाई शँकास्पद रुपमा हेरिएको छ । न्यायिक समिति सँयोजक दिपेन्द्र थापा का अनुसार आरोपित खुम गिरी लाई कामदारहरुको रकम फिर्ता गर्न दुई दिनको समय दिएको र कामदारहरुको रकम फिर्ता नगरे उनलाई कारवाही का लागि प्रकृया अघि बढाउने बताएका छन् । तर पिडित पक्षले भने केवल रकम फिर्ता को लागि मात्र आफुहरुले उजुरी नगरेको अनियमितता विरुद्ध न्यायका लागि उजुरी दर्ता गराएको वताउदै आएका छन् ।
आरोपित खुम गिरी ले लिखित बयानमा दुइ वटा उपभोक्ता समिति मा एउटै व्यक्ति बस्न नपाईने नियम आफुलाई थाहा नभएको र अब आफुले स्वरोजगार कार्यक्रम को उपभोक्ता समिति बाट राजिनामा दिने कुरा बताएका छन् । उनि १६ लाख को एउटा कल्भर्ट निर्माण उपभोक्ता समितिका सचिव समेत रहेकाछन् ।
अनलाई लागेको आरोप पुष्टि हुने पर्याप्त प्रमाण हुदा हुदै उनले एउटा समिति बाट राजिनामा दिदैमा उनलाई उन्मुक्ति दिनु र अर्को १६ लाख को समिति मा नैतिकताको आधारले पदस्थापन गर्नु दुबै न्यायिक समिति को लागि न्याय सँगत देखिदैन ।