साउन ३ गौरीगञ्ज । गौरीगञ्ज ३ स्थित लेहेरा खोलामा डुबेर एक किशोरको मृत्यु भएको छ ।
गौरीगञ्ज क्याम्पस देखि पुर्व दक्षिण तिर लेहेर खोलामा आज दिउसो स्थानीय पर्शुराम पराजुली का छोरा अन्दाजी १४ बर्ष का सागर पराजुली को डुबेर मृत्यु भएको कुरा इलाका प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ ।
खोलामा नुहाउने क्रममा किशोर को मृत्यु भएको स्थानीय हरुले बताएका छन् । शवको मुचुल्का तयार गरि पोस्ट मार्टम का लागि पठाउने तयारी गरिरहेको बुझिएको छ ।