साउन १८ गौरीगञ्ज । हुलाकी सडक अन्तर्गतका लेरा पुल लगायतका अधुरा पुलहरुको निर्माण सम्पन्न गराउन गौरीगञ्ज गाउँपालिकाले हुलाकी सडक निर्देशनालयलाइ ध्यानाकर्षण गराएको छ । बुधबार गाउँपालिकाकी उपाध्यक्ष पुजन न्यौपाने कुँवर वडा नँ ३ का वडाध्यक्ष श्रवण गिरी र वडा नँ १ का वडा सदस्य रेखा राजवँशी सहितको टोलीले हुलाकी सडक निर्देशनालय एटहरी पुगेर निर्देशनालयका प्रमुख बिजय थापालाइ छुट्टा छुट्टै ध्यानाकर्षण गराएका हुन ।
वडा नँ ३ का वडाध्यक्ष श्रवण गिरीले लेरा खोलाको अधुरो पुल बारे ध्यानाकर्षण गराउदै गौरीगञ्ज क्षेत्रमा हुलाकी सडक निर्माण भइसकेको अबस्थामा सोहि सडक अन्तर्गत आफ्नो वडामा लेरा खोलाको पुल हुलाकी सडक निर्देशनालय बाट ठेक्का लागेर बिगत सात बर्ष देखि अलपत्र परि रहेको अबस्थामा वडा लगायत गाउँपालिका भरिकै जनताले सास्ती भोगिरहेको कुरा अबगत गराएका छन् । उनले केन्द्र स्तरबाट ठेक्का लागेर पनि ठेकेदारको लापरवाहिका कारण बर्षौ देखि सो पुल अलपत्र परिरहेको कुरा बताए ।
त्यसैगरि उपाध्यक्ष पुजन न्यौपाने कुँवरले हुलाकी सडक अन्तर्गतको कन्काइ लेरा र रतुवा लगायतका पुलहरु अलपत्र परेको अबगत गराउदै भरखरै निर्माण भएको हुलाकी सडक पनि ठाँउठाँउमा भत्किन थालेको कुरा प्रति निर्देशनालयको ध्यानाकर्षण गराएका छन् ।
ध्यानाकर्षण पत्र बुझ्दै हुलाकी सडक निर्देशनालय इटहरीका प्रमुख बिजय थापाले सरकारले नै लेरा पुल लगायतका पुलहरु का ठेकेदारहरुलाइ आउदो असार मसान्त सम्मको म्याद थपेको बताए । उनले लेरा खोलाको पुल को काम ९० प्रतिशत सम्पन्न भए सकेकोमा ठेकेदार कम्पनी लामा बामती भण्डार को लापरवाहिका कारण सञ्चालन हुन नसकेको र सोहि पुलका कारण जनताले सास्ती भोगिरहेका ले तत्कालै सो पुलको काम शुरु गर्न निर्देशन दिने बताए । उनले पुलको लान भइसकेकोले तत्कालै दुवै तिर माटो फिलिङ गरेर मानिसको आवागमन सहज हुने गरि अस्थायी रुपमै भएपनि तत्कालै पुल सञ्चालनमा ल्याउने आश्वासन दिएका छन् ।
त्यसैगरि उनले उपाध्यक्ष पुजन न्यौपाने को तर्फबाट ध्यानाकर्षण पत्र बुझदै लेरा खोलाको पुल अस्थायी रुपमा तत्कालै सञ्चालनमा ल्याउने बताउदै कन्काइको काम चालु रहेको र रतुवा पुलमा थप ३ वटा पिलर थपेर सञ्चालनमा ल्याउने गरि ठेक्का प्रकृया अघि वढाइएको कुरा बताए ।