माघ २३, इटहरी । इटहरी उपमहानगरपालिकामा एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ । वार्ड नं २ स्थित माया घरको परिसरमा छाला तथा यौन रोगसम्बन्धी एक दिने नि:शुल्क बृहत स्वास्थ्य शिविर सम्पन्न भएको हो । शिविरमा १ सय २४ जना बिरामीले स्वास्थ्य सेवा प्राप्त गरेको कुरा आयोजकले जनाएको छ ।

इटहरीको उक्त शिविर लायन्स क्लब अफ धरान घोपा युनाइटेडको प्रोजेक्ट “आरोग्य: मुभ फर हेल्थ” अन्तर्गत लियो लायन डा. शुभम कुमार अग्रवालको संयोजकत्वमा धरानका लायन्स क्लब अफ धरान घोपा युनाइटेड, लायन्स क्लब अफ धरान गौतम बुद्ध र सोसियल अपटिमाइजर्स युनाइटेड लियो क्लब र बिराटनगरका लायन्स क्लब अफ बिराटनगर, लायन्स क्लब अफ बिराटनगर गृन सिटि र हेल्थ एमबेसडर्स युनाइटेड लियो क्लबको आयोजना तथा भेनस स्किन एन्ड हेयर ट्रान्सप्लान्ट क्लिनिक बिराटनगरको प्राबिधिक सहयोगमा सम्पन्न भएको हो ।

शिविरमा चर्म तथा यौन रोग विशेषज्ञ डा. तपन प्रधानको नेतृत्वमा पच्चीस सदस्यीय टोलीले बिरामीहरूको चेक जाँच गरेका छन् । चेकजाँच गरिएका धेरै जसोलाई औषधि खाएर / लगाएर केहि समय हेर्न र आवस्यकता परे फेरि डाक्टरको सल्लाह लिनकालागि आग्रह गरेको उनले बताए । शिविरमा धेरै जसोलाई छालाको सरुवा रोगहरु देखिएकाले भविष्यमा पनि बेलैमा उपचार गर्न सुझाव दिएको उनको भनाई छ । एक दिनका लागि भए पनि नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न गरि छाला रोगबाट पिडित भएकाहरुकालागि सेवामा जुट्न पाउँदा निकै सन्तुष्टि महसुस भएको डा. तपन प्रधानले बताए ।

शिविरमा निस्चल काफ्लेको नेतृत्वमा मारुती फार्मास्युटिकल्स र क्वेस्ट फार्मास्युटिकल्सले सि.एस.आरअन्तर्गत बिरामीहरुलाई दुई लाख बराबरको नि:शुल्क औषधि समेत प्रदान गरेका छन् । स्वास्थ्य शिविरको समापनमा बोल्दै लायन्स डिस्टृक्ट ३२५ ए वन का निवर्तमान डिस्टृक्ट गभर्नर लायन रेवत बहादुर कार्कीले स्वास्थ्य र शिक्षा नै समृद्धीको जग भएको भन्दै आगामी दिनहरुमा यस्तै प्रभावकारी ढंगबाट सेवामुखी काम गर्न सबैलाई उत्साहित बनाए ।

शिविरको क्रममा सो क्षेत्रको बिषयमा जानकारी ल्याएर आफुहरुलाई सहयोगको लागि घचघच्याउने इटहरीका अब्जर्भर खुस्बु नायक र लियो मनिसा राउतलाई बिशेष धन्यवाद दिइएको थियो । माया घरकै अनुरोधमा जीवनयापनमा सहजता प्रदान गर्न शिविर आयोजना गरिएको सो कार्यक्रममा उपस्थित अबजर्भर शंकर बाबू आचार्यले बताए । लायन्स क्लब अफ धरान घोपाका चार्टेर प्रेसिडेन्ट लायन डा. शुभम कुमार अग्रवालले भने, “वर्किङ डेमा भ्याइन्न । क्लास र ड्युटी सके पछि बिदाका दिन यस्तै नि:शुल्क शिविरकालागि टोलि लिएर जहिल्यै निस्किन्छौ । खोजीखोजी फेला परेकाहरुलाई उपचार गर्छौ । नि:शुल्क चेकजाँच र औषधि पाएर साह्रै खुशी हुँदै आशिर्वाद दिएको हेरेर मन सन्तुष्ट हुन्छ ।” यसका साथै आउने दिनहरुमा धरान र इटहरीमा निरन्तरता दिदै पुर्वका अरु ठाउँहरुमा पनि अभियानलाई सुचारु गर्ने तयारी रहेको अबजर्भर शिवेन्द्र कुर्मी र लियो प्रकाश पोखरेलले बताए । कार्यक्रममा लायन विजय सुराना, लायन बिभाङ चौधरी, लायन दिनेश अग्रवाल, लायन लक्ष्य प्रधान, अबजर्भर स्नेहा झा, अबजर्भर धिरेन यादव, अबजर्भर सत्रुधन यादव, अबजर्भर सुमन यादव, लियो गोभिन्ड बहारदार, लियो प्रभास पोखरेल र लियो अजय गुप्ताका साथै धरान स्थित विद्या भुशन स्कुलका विद्यार्थीहरुको उपस्थिती रहेको थियो । विद्यार्थीहरुलाई पढाइका साथसाथै आफ्नो सामाजिक उत्तरदायित्वको ‘एक्सपोजर’ गराउन शिविरमा प्रत्यक्ष रुपमा सहभागी गराइएको विद्या भुशन स्कुलका कोओर्डिनेटर अनिस राई र पुजन ढकालले बताए ।