४ असोज, गौरीगञ्ज । प्रतिबन्धित लागु औषध सहित झापाको गौरदह–९ बैगुनधुराबाट दुई जना पक्राउ परेका छन ।
प्रहरी चौकी माहाभाराबाट गस्तीमा खटिएको प्रहरी टोलीले लागु औषध सहित मोटरसाईकलमा आएका गौरीगञ्ज वडा नँ ३ का २२ बर्षीय राजेश महतो र २७ बर्षीय प्रमानन्द राजबंशी लाई गए राती पौने ११ बजे नियन्त्रणमा लिएको थियो ।
शंका लागेर चेकजाँच गर्दा १५८ बोतल ईस्कफ लागूऔषध बरामद गरिएको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । पक्राउ परेका दुबै जना विरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्