१६ वैशाख, रौतहटमा थप दुई जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

वृन्दावन नगरपालिका ९ भुसहा र देवाही गोनाही नगरपालिका १ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रौतहटका प्रमुख महेश साहले जानकारी दिए । काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरेको परीक्षणमा दुबै जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ५४ पुगेको छ। तर तीमध्ये १६ जना निको भइसकेका छन्।

वृन्दावन नगरपालिकाका संक्रमित युवा अहिले घर मै छन्‌। कलकत्ताबाट आएका ती युवालाई चन्द्रपुर नगरपालिका वडा नम्बर ६ स्थित क्वारेन्टाइनमा बसेर यही बैशाख ६ गते घर फर्काइएको थियो। प्रादेशिक ल्याब जनकपुरबाट पिसिआर रिर्पोट नेगेटिभ आएपछि घर फर्काइएको ती युवाको स्वाब काठमाडौँस्थित केन्द्रीय प्रयोगशालामा पुनः परीक्षण गर्दा पोजेटिभ देखिएको हो

।रौतहटमा मंगलबार दुई जना कोरोना संक्रमित भेटिएको क्षेत्रमा स्थानीय प्रशासनले सिल गरेको छ

जिल्ला प्रशासन कार्यालयले रौतहटको वृन्दावन नगरपालिका वडा नं ९ भुसाहा गाउँ र देवाही गोनाही नगरपालिकाक १ को नहरटोललाई चार किल्ला तोकेर मानिस आउन र जान प्रतिबन्ध लगाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *