जेठ ३, काठमाडौं । रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले टीकापुर घटनालाई राजनीतिक घटना रहेको दाबी गर्दै यो अदालती मुद्दा नरहेको निष्कर्ष निकालेको छ । ‘हिजोका सम्मानित अदालतको फैसला न्यायमूर्तीहरूका निर्यण स्वीकार्य त छ तर यो राजनीतिक मुद्दा अदालती होइन,’ नाउपाका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
नागरिक उन्नयन पार्टीले दुईवटा माग राख्दै यही ६ जेठदेखि १० जेठसम्म नेपालबन्द गर्ने घोषणा पनि गरेको छ । ‘जेष्ठ ३, ४, ५ गते देशव्यापी राँके जुलुश प्रदर्शनी, कोँण सभा र जेष्ठ ६ गतेदेखि १० सम्म नेपालबन्द गर्ने घोषणा यसै प्रेस विज्ञप्तिबाट जानकारी गराइन्छ ।’
बिज्ञप्ति
नाउपाले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ । ‘सम्मानित सर्वोच्च अदालतले लाल आयोग प्रतिवेदनलाई सार्वजनिक गर्न दिएको आदेश पालना गर्नुपर्छ र लाल आयोग प्रतिवेदन सार्वजनिक गरिनु पर्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘लाल आयोग प्रतिवेदन सरकारले सार्वजनिक गरेन भने हाम्रो अर्को विकल्प छैन । हामी आन्दोलन गर्न विवस हुनेछौँ ।’