पुस २६, गौरीगञ्ज । रेडक्रस सोसाइटी झापा ले गौरीगञ्ज गाउँपालिका लाइ पाच थान लाइफ ज्याकेट र २ थान टेन्ट हस्तान्तरण गरेको छ । सोसाइटीले गौरीगञ्ज गाउँपालिका को स्थानिय आपतकालिन कार्य सञ्चालन केन्द्रका लागि सो सामग्री हस्तान्तरण गरेका हुन् ।
आइतबार सोसाइटीका तर्फबाट रेडक्रस सोसाइटी झापा का सभापति लोकराज ढकालले गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ लाइ सो सामग्री हस्तान्तरण गरेका छन् । सामग्री हस्तान्तरण कार्यक्रम मा रेडक्रस सोसाइटी प्रदेश नँ १ का कोषाध्यक्ष ओमप्रकाश गौतम उपकोषाध्यक्ष प्रकाशचन्द्र खरेल, जिल्ला शाखा मन्त्री चन्द्रप्रसाद चुँडाल, जिल्ला शाखा कोषाध्यक्ष हेम खड्का, एफबिएफ कार्यक्रम सँयोजक हरिशरण खड्का, स्थानिय आपतकालिन कार्य सञ्चालन केन्द्र गौरीगञ्जका फोकल पर्सन सुमन थापा लगायतको उपस्थिति रहेको थियो ।
सोसाइटीले हाल सम्म झापाका तिन वटा स्थानिय तह गौरीगञ्ज, शिवसताक्षी र झापा गाउँपालिका मा आपतकालिन कार्य सञ्चालन सुचना केन्द्र स्थापना गरेको र तिन वटै केन्द्रमा सामग्री बितरण गरिने कुरा सभापति ढकाल ले बताए ।