जेठ २८, गौरीगञ्ज । रेडक्रस सोसाइटी गौरीगञ्ज शाखा ले आयोजना गरेको रक्तदान कार्यक्रममा ५१ प्रिन्ट रगत सँकलन भएको छ ।

गौरीगञ्ज गाउँपालिका को प्रायोजन वडा नँ ५ को कार्यालय को सह प्रायोजन मा सम्पन्न भएको रक्तदान मा गाउँपालिका अध्यक्ष फुलवती राजवंशी, वडाध्यक्ष हरु श्रवण गिरी र बिजय सिंह गन्गाई रेडक्रस सोसाइटी झापाका उपसभापति मित्र देब काफ्ले को उपस्थिति रहेको थियो भने गौरीगञ्ज शाखा का सभापति यादव रिजाल को अध्यक्षता मा सम्पन्न भएको थियो