आमालाइ सँक्रमण पुष्टी, छोरो सँक्रमण मुक्त भएर घर फर्किदै
१० भदौ, गौरीगञ्ज । गत भदौ ४ गते सँक्रमण पुष्टी भएका गौरीगञ्जका रुबि डिपार्टमेन्ट सँचालकको परिवारको थप एक सदस्यलाइ पनि कोरोनासँक्रमण पुष्टी भएको छ । गत ५ गते उनका परिवारका सदस्य सहित सम्पर्कमा आएका ७४ जनाको स्वाब सँकलन गरिएकोमा आज परिवारको एक महिला सदस्यको रिपोर्ट पोजेटिभ आएको हो । सो दिन ७४ जनाको स्वाव पिसिआर परीक्षणका लागि पठाइएको मा हिजो ७१ जनाको रिपोर्ट नेगेटिभ आएको थियो भने परिवारका ३ जना सदस्यको रिपोर्ट आउन बाँकी थियो । आज मध्यान्ह परिवारका ३ सदस्यको रिपोर्ट आएको र तिन मध्ये १ जनामा सँक्रमण पुष्टी भएको कुरा स्वास्थ्य शाखा गौरीगञ्जका प्रमुख रामचन्द्र मिश्रले जनाएका छन् । सँक्रमित महिला गत भदौ ४ गते सँक्रमण पुष्टी भएको पुरुषको आमारहेको बुझिएको छ । सँक्रमण पुष्टी भएपछी उनलाइ गौरीगञ्जकै आइसोलेसन सेन्टरमा राखिएको छ ।
छोरो कोरोना जितेर घर फर्किए
गत भदौ ४ गते सँक्रमण पुष्टी भएका रुबि डिपार्टमेन्ट का सँचालन ३० वर्षिय सँक्रमितले एक हप्तामै कोरोना लाइ पराजित गरेका छन् । उनको रिपोर्ट आज नेगेटिभ आएपछी उनि अस्पतालबाट डिस्चार्ज भएका छन् । उनि एक हप्तादेखि मोरँगको गोठगाउँ स्थित आइसोलेसन सेन्टरमा उपचाररत थिए ।
रुबि डिपार्टमेन्ट सँचालकका परिवारका थप एक सदस्यमा देखियो कोरोना
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्