भदौ २५ गौरीगञ्ज । राष्ट्रिय महिला सशक्तीकरण सँस्था गौरीगञ्जको पाचौँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । गौरीगञ्ज गाउँपालिकाकी उपाध्यक्ष पुजन न्यौपाने कुँवरको प्रमुख आतिथ्यतामा गौरीगञ्व वडा नँ ३ को सभाहलमा आयोजित साधारण सभामा सँस्थाकी अध्यक्ष नौताली राजवँशीले बार्षिक तथा आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा वडा नँ ३ का वडाध्यक्ष श्रवण गिरी लगायतका जनप्रतिनिधिहरु तथा सँस्था आबद्ध महिलाहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजिकरण सँस्थाकी सचिब आमासी राजवँशीले गरेकी थिइन् ।
२०७५ सालमा बिधिबत रुपमा दर्ता भएको सँस्थाले महिलाहरुको हकहितमा काम गर्दै आइरहेको छ भने स्थानिय सरकारको सहकार्यमा महिलाहरुका लागि सिप मुलक तालिमहरुको समेत आयोजना गर्दै आएको छ ।