चैत ३१ गौरीगञ्ज । झापाको गौरीगञ्ज गाउँपालिका मा अहिले प्रत्येक वडाहरुमा राष्ट्रिय परिचयपत्रका लागि फोटो खिच्न र फारम भर्ने टोली परिचालन गरिएको छ । तर सो टोलिहरुमा वडा कार्यालय हरुले व्यवस्थापन पक्ष मा ध्यान नदिदा फोटो खिच्न आएका जनताहरु तातो घाममा सास्ती खेप्न बाध्य भएकाछन् । वडा समिति तथा वडाका जनप्रतिनिधि हरुले टोलि खटाइएको स्थानमा भिड ब्यबस्थापन नगर्दा जनताहरु नागरिकता बोकेर तिन दिन सम्म धाउदासमेत फोटो खिच्ने पालो नआएको गुनासो गरेका छन् ।
वडा नँ ३ को गौरीगञ्ज प्राबि केन्द्र मा त झन भिड व्यवस्थापन हुन नसक्दा दिनहु जसो तनाब हुने गरेको छ । मँगलबार बिहान लाईन (बिद्युत) नभएको र सो कारणले फोटो खिच्ने र फारम भर्ने काम हुन नसक्दा भिड अनियन्त्रित भएको थियो । जनप्रतिनिधि तथा सुरक्षा कर्मी हरुले भिड व्यवस्थापन गर्न नसक्दा दिउसो सो केन्द्र मा केहिबेर तनाब उत्पन्न भएको थियो । तनाब भएपछि फोटो खिच्ने टोली ले केहिबेर काम नै बन्द गरेको बुझिएको छ ।
सो केन्द्रमा शुक्रबार फोटो खिच्न आएका सेवाग्राही हरुले सो केन्द्र मा प्रकृयागत रुपमा काम नभएको पावर र पहुँचवालाले छिटो सेवा पाएको र पावर नहुने हरुले तिन दिन सम्म धाउदा समेत सेवा नपाएको गुनासो गरेका छन् । निर्वाचित जनप्रतिनिधि हरुले प्रकृया ब्यबस्थापन नगर्दा आफुहरुले तातो घाममा अनावश्यक दुःख पाएको बताएका छन् ।
केन्द्र हरुमा सुरक्षाकर्मी तथा जनप्रतिनिधि हरुले भिड व्यवस्थापन नगर्दा एकै चोटी सय डेढ सय जनाको भिड कोठिमा पस्ने र भिडले गर्दा काम गर्ने नै असहज हुने गरेको कुरा टोली का अपरेटर ऐन घिमिरे ले बताएका छन् ।


सबैभन्दा राम्रो ब्यबस्थापन वडा नँ ६ मा


वडा नँ ६ मा राष्ट्रिय परिचयपत्र को फारम भर्ने तथा फोटो खिच्ने केन्द्र हरुमा जनप्रतिनिधि हरुले भिडको राम्रो व्यवस्थापन गरेको पाईएको छ । जसले गर्दा सेवाग्राही हरुले एकैेदिनमा सेवा पाईरहेको कुरा सेवाग्राही हरुले बताएका छन् । सो वडामा शुरु देखि नै टोकन प्रणाली लागु गरेको र टोकन बमोजिम का ब्यक्ति हरु मात्र सेवा लिन आउदाभिड भाड हुन नपाएको कुरा वडा, सचिव सुमन रेग्मी ले बताएका छन् ।
सो वडामा भिड व्यवस्थापन का लागि वडाध्यक्ष बद्री नारायण यादव लगायत वडा सदस्य हरु मुकेश साह, रमकुमारी बिक, उदिम राई र राधा अधिकारी आफै खटिएकाछन् । आफुहरु प्रत्येक दिन गाउँ गाउँ पुगेर भोली का लागि एक सय देखि एक सय बिस जनासम्म लाई टोकन बितरण गर्ने गरेको र भोलि पल्ट सोहि अनुसार सेवाग्राही हरु सेवा लिन आउने गरेका ले भिड भाड हुन नपाएको र सेवाग्राही हरु एकै दिनमा सेवा पाउने गरेको कुरा वडा सदस्य मुकेश साह ले बताए ।