राष्ट्रिय जनगणना २०७८ बारे सचेतना

पढ्न समय: 1 मिनेट


बैशाख १५, गौरीगञ्ज ।‌ राष्ट्रिय जनगणना २०७८ को विषयमा गौरीगञ्जमा सचेतना कार्यक्रम सम्पन्न भएको छ । कोरोना सँक्रमण का कारण सिर्जित परिस्थिति मा भिडभाड नहुन मँगलबार दुइ चरणमा सचेतना कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रम मा जनगणनाको महत्व र सँकलन गरिने तथ्याङ्क का बारेमा जानकारी गराईएको थियो ।


गौरीगञ्ज र गौरादह गरि दुइ वटा पालिकाका निम्ति गौरादहमा एउटा केन्द्र राखिएको र तथ्याङ्क सँकलनका लागि उक्त केन्द अन्तर्गत २६ जना सुपरिवेक्षक र १ सय ३ जना गणक खटिने कुरा गौरादह केन्द्रका प्रमुख केशब भट्टराई ले जनाएका छन् । तथ्याङ्क सँकलनका लागि गणकहरु जेठ २५ गते देखि घरदैलोमा शउने कुरा उनले बताए । उनले जनगणना का लागि घरदैलोमा तथ्याङ्क सँकलन गर्न आउने गणकहरु लाई सहि र सत्य तथ्याङ्क हरु उपलब्ध गराइदिन समेत सबैजना अनुरोध गरेका छन् ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्