असोज ६, गौरीगञ्ज । श्री कृष्ण जन्माष्टमी को अबसरमा गौरीगञजमा आयोजित राधाकृष्ण रथयात्रा को दोस्रो सँस्करण को आय व्यय सार्वजनिक गरिएको छ । आयोजक समिति को भदौ ३० गते बसेको बैठकले आय व्यय अनुमोदन गरेपछि गौरीगञ्ज दर्पण डटकम मार्फत आय व्यय सार्वजनिक गरिएको हो ।

समितिको बैठकले अनुमोदन गरेको आय व्यय बिवरण मा विभिन्न चन्दा दाता हरुबाट नगद र जिन्सी गरि रु ३ लाख ३४ हजार ९ सय ५८ रुपैया आम्दानी भएको र रु ३ लाख २६ हजार, ५ सय ३४ रुपैयाँ खर्च भएको देखाईएको छ । हाल समिति सँग रु ८ हजार ४ सय २४ रुपैयाँ नगद रहेको र गौरीगञ्ज गाउँपालिका बाट आर्थिक सहयोग रु २५ हजार रुपैयाँ उठाउन बाँकी रहेको कुरा विवरण मा उल्लेख गरिएको छ ।

आय व्यय सार्वजनिक गर्न केहि ढिलो भएकाले समिति का सचिब अशोक स्वर्णकार ले क्षमा याचना गरेका छन् ।

हेर्नुहोस् श्री राधाकृष्ण रथयात्रा को आय व्यय बिवरण –