रहेनन गौरीगञ्जका राजनैतिक धरोहर घनश्याम रिजाल
बैशाख १४ गौरीगञ्ज । कुनै समय थियो जव गौरीगञ्जमा काँग्रेस भन्ने बितिकै मानिसको मन मष्तिस्कमा घनश्याम रिजालको छबी दौडिन्थ्यो । पञ्चायती ब्यवस्था बिरुद्ध गौरीगञ्जमा सबै भन्दा धेरै आवाज उठाउने तिनै राजनैतिक धरोहर तथा गौरीगञ्ज क्षेत्रकै पुराना नेता घनश्याम रिजालको आज निधन भएको छ । मृगौला सँबन्धी लगायतका रोगहरुबाट पिडित रिजालको स्वास्थ्य अबस्था केहि समय यता नाजुक बन्दै गइरहेको थिय । उहाँको बिराटनगर स्थित नोबेल अस्पतालमा उपचार गराएर फर्किने क्रममा आज निधन भएको कुरा उहाँका भाइ बिश्वराज रिजालले जानकारी दिनु भएको छ ।
भुमिगत पञ्चायती कालमा आफ्नो उर्जाशील समय काँग्रेस पार्टीको सँगठन बिस्तार तथा पञ्चायती शासन बिरुद्ध समर्पण गनु भएको उहाँ प्रजातन्त्र प्राप्ती पछी गठन भएको स्थानिय निकाय तत्कालिन गौरीगञ्ज गाबिसको पहिलो अध्यक्षको रुपमा निर्बाचित हुनु भएको थियो । आफ्नो कार्यकालमा उहाँले गौरीगञ्जका सार्वजनिक जग्गाहरुको सँरक्षण तथा प्रवर्धनमा बिशेष जोड दिनु भएको थियो ।
गौरीगञ्ज क्षेत्रमा काँग्रेस पार्टीकै सँगठन बिस्तारमा आफ्नो सारा जीवन उत्सर्ग गर्नुभएका पुराना नेता रिजाललाइ पछिल्लो समय पार्टीले योगदानको कदर नगरेपछी उहाँ २०७९ को स्थानिय तहको चुनाब ताका नेपाली काँग्रेस परित्याग गरि जनता समाजबादी पार्टीबाट अध्यक्षको उम्मेदवार बन्नु भएको थियो भने पछिल्लो समय उहाँ एमालेमा प्रवेश गर्नु भएको थियो ।
आफु गौरीगञ्ज गाबिसको अध्यक्ष भएदेखि नै किस्नी सिँचाइ आयोजनालाइ अघि बढाइरहनु भएको उहाँ सो आयोजनाको अध्यक्ष समेत हुनुहुन्थ्यो । २०७२ सालमा नयाँ सँबिधान जारी भएपछी बिभिन्न गाबिहरुलाइ मिलाएर राज्य पुनरसँरचना गर्ने सरकारको निती अनुसार गौरीगञ्ज गाबिसलाइ गौरादह नगरपालिकामा बिलय गराउने योजना बिरुद्ध उहाँ अडिग भएर उभिनु भएको थियो । गौरीगञ्ज एतिहासिक बजार भएको र गौरीगञ्जको अस्तित्वलाइ कसैसँग पनि बिलय गराउनु हुदैन भन्ने भावना बोकेर उहाँको नेतृत्वमा स्थानियहरु अघि बढेकै कारण २०७३ साल फागुनमा यहाँका ४ वटा गाबिस मिलाएर गौरीगञ्ज गाउँपालिकाले आफ्नो अस्तित्व जोगाउन सफल भएको थियो ।
गौरीगञ्ज क्षेत्रका इमानदार तथा सचेत राजनैतिक धरोहर घनश्याम रिजाल प्रति गौरीगञ्ज दर्पण डटकम भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछ ।