भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ।
सोमबार उनको नयाँ दिल्लीस्थित आरआर सैनिक अस्पतालमा निधन भएको कुरा उनको परिवारिक श्रोतले पुष्टि गरेको छ । कोरोना संक्रमण भएर उपचाररत ८४ बर्षिय मुखर्जी केही दिनदेखि कोमामा थिए।
‘भारी मनका साथ यो जानकारी गराउदैँछु, आरआर अस्पतालका डाक्टरको सक्दो प्रयास र भारतभरका मानिसहरूको प्रार्थनाका बावजुद् हाम्रा बुबा प्रणव मुखर्जी अहिले भर्खरै बित्नुभएको छ,’ उनका छोरा अभिजितले ट्वीटरमा लेखेका छन् ।
भारत रत्नबाट विभुषित मुखर्जी सन् २०१२ देखि २०१७ भारतका राष्ट्रपति बनेका थिए। मनमोहन सिंह प्रधानमन्त्री हुँदा उनी अर्थमन्त्री थिए।
गत अगस्ट १० मा उनलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो।
प्रतिक्रिया लेख्नुहोस्