
माघ २२, गौरीगायज । गौरीगञ्ज खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष उमानाथ भण्डारी को निधन भएको छ । आज बिहान ३ बजे उपचारका क्रममा नोवेल अस्पताल बिराटनगरमा उनको निधन भएको कुरा खानेपानी उपभोक्ताका का सचिव गँगा राजवंशी ले जनाएका छन् ।
भण्डारी गत पुसको अन्तिम साता ईटहरीमा मोटरसाइकल दुर्घटनामा परी नोबेल अस्पताल बिराटनगरमा उपचाररत थिए । उनको आईसियुमा राखेर उपचार भइरहेको थियो । भण्डारी गौरीगञज माध्यमिक विद्यालय का पुर्व शिक्षक समेत हुन् ।