चैत २९ गौरीगञ्ज । माइ पश्चिम झापाकै पहिलो स्टेशनरी ब्यावशायी केशरबहादुर क्षेष्ठको निधन भएको छ । उनको आज बुधबार साँझ ९० बर्षको उमेरमा निधन भएको कुरा पारीवारिक श्रोतले जनाएको छ । उनको दाह सँस्कार भोली ३० गते बिहान १० बजे गेउरिया घाटमा धार्मिक परम्परा अनुसार गरिने कुरा परिवारले जनाएको छ ।

उनले २०२२ सालमा गौरीगञ्जमा मात्र नभएर माइ पश्चिम झापामै पहिलो पटक स्टेशनरी ब्यावशायको शुरुवात गरेका थिए । यस अघि झापामा भद्रपुरमा मात्र पुस्तक स्टेशनरी पसल थियो । हाल गौरीगञ्जको बुधबारे बजारमा रहेको दुर्गा मन्दिर देखि पुर्व उनले गौरीगञ्जमा पहिलो पटक स्टेशनरी पसल खोलेका थिए ।

उनि गौरीगञ्जका पहिलो स्टेशनरी ब्यावशायी मात्र नभए गौरीगञ्ज क्षेत्र कै पहिलो नेपाली शिक्षक पनि रहेको कुरा जानकारहरु बताउछन् । २००८ सालमा गौरीगञ्जमा जुनियर हाइस्कुल स्थापना हुँदाको स्थापना काल देखि शिक्षण पेशामा सेवारत थिए । स्थापना कालमा उनि बाहेक सो बिद्यालयमा दार्जिलिङ लगायत भारतका अन्य स्थानबाट आएका शिक्षकहरुले पढाउने गरेका थिए भने सो बिद्यालयमा श्रेष्ठ मात्र नेपाली नागरिक थिए । उनि गौरीगञ्जका पहिलो लाइब्रेरियन पनि हुन् । २०११ सालमा गौरीगञ्ज जुनियर हाइस्कुल कै एउटा कोठामा त्रिभुवन आदर्श पुस्तकालयको स्थापना भएको थियो भने उनि सो पुस्तकालयमा पहिलो लाइब्रेरियन थिए ।

पछी २०१६ सालमा सो त्रिभुवन आदर्श पुस्तकालय खजुरगाछी बजारमा सर्दा समेत सो पुस्तकालयको लाइब्रेरियन उनै श्रेष्ठ थिए । २०१८ साल देखि उनकै पालामा सो पुस्तकालयमा ट्न्जिष्टर राखेर मानिसलाइ समाचार सुनाउने श्रवण केन्द्र समेत सञ्चालन गरिएको थियो ।

२०१८ सालमा गौरीगञ्ज जुनियर हाइस्कुल मिडिल स्कुलमा रुपमा र पछी गौरीगञ्ज माध्यमिक बिद्यालयका रुपमा परिणत भएको हो । सो बिद्यालयमा उर्नि लामो समयसम्म स्वारत थिए । गौरीगञ्ज दर्पण डटकम परिवार उनको आत्माको चिर शान्तीका लागि कामना सहित शोकाकुल परिवार प्रति समबेदना प्रकट गर्दछ ।