रहेनन् गौरीगञ्जका प्रथम जन निर्वाचित जनप्रतिनिधि धर्मनारायण दास

पढ्न समय: 1 मिनेट
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"source_ids":{},"source_ids_track":{},"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"addons":3},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}


भदौ २ गौरीगञ्ज । गौरीगञ्जका प्रथम जन निर्वाचित जनप्रतिनिधि धर्मनारायण दासको आज ८३ बर्षको उमेरमा निधन भएको छ । आज साँझ ५ बजेर २५ मिनेटमा उहाको निधन भएको कुरा पारीवारिक श्रोतले जनाएको छ । उहाँ केहि समय यता पक्षघात रोगबाट पिडित हुनुहुन्थ्यो ।
उहाँले २०२१ सालमा गौरीगञ्ज मिडिल स्कुल (हाल गौरीगञ्ज माबि)का प्रधानाध्यापक भइ जागिरे जीवन शुरु गर्नुभएको थियो भने उहाँकै पहलमा २०२२ सालमा सो बिद्यालयले कक्षा १० सम्म अर्थात माबि तहको अनुमती पाएको थियो । गौरीगञ्ज माबि लाइ माध्यमिक तह सम्मको अनुमती दिलाएपछी उहाँले सो बिद्यालयबाट राजिनामा दिइ २०२२ सालमै तत्कालिन गौरीगञ्ज ग्राम पञ्चायतको प्रधानपञ्च पदमा गौरीगञ्जमै पहिलो पटक जनताको मत द्वारा निर्वाचित हुनुभएको थियो । यस अघि गौरीगञ्ज लगायतका ग्राम पञ्चायतहरुमा सर्वसम्मतीबाट प्रधानपञ्च मनोनित गरिने चलन थियो ।
उहाँको पार्थिव शरिरलाइ भोली बिहान १० बजे सामाजिक परम्परा अनुसार गेउरिया घाटमा अन्त्योष्टी गरिने कुरा परिवार श्रोतले जनाएको छ ।
गौरीगञ्जका प्रथम जन निर्वाचित जनप्रतिनिधि धर्मनारायण दास प्रति गौरीगञ्ज दर्पण डटकम भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछ ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्