रहिनन् , मोडेल तथा कलाकार आँशु राजवँशी

चैत १४, काठमाडौं । मोरँग डाँगीबारीकी मोडेल तथा कलाकार आँशु राजबँशी को अल्पायुमै निधन भएको छ । शनिबार बिहान पाटन अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको कुरा पारिवारिक श्रोतले जनाएको छ । उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।‌
बिगत पाँच महिना देखि उनि पेट सँबन्धी रोगका कारण थलिएका थिए । धरान स्थित बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मा उपचार गराइरहेकी उनको त्यहा उपचार सँभब नभएपछी उनलाई काठमाडौं रेफर गरिएको थियो ।
उनको मृत्यु पछी गायक बलबहादुर राजवँशी ले भाबुक स्टाटस लेख्दै उनको फोटो सेयर गरेकाछन् ।

अघिल्लो लेखमानेबिसँघको दुई दिने आधारभुत उद्घोषण तालिम सम्पन्न
अर्को लेखमाटाइम्स अस्पतालको स्वास्थ्य शिविर सम्पन्न