रबि लामिछाने ले शुरु गरे नेपालकै पहिलो फोर के प्रविधिको टिभी च्यानल ‘ग्यालेक्सी फोर के’

फागुन ११, काठमाडौं । चर्चित सञ्चारकर्मी रवि लामिछाने नयाँ टेलिभिजन च्यानल ‘ग्यालेक्सी फोर के’ सञ्चालनमा ल्याएका छन् । हालै न्युज २४ टेलिभिजन छोडेका लामिछानेले नेपालकै पहिलो फोरके टेलिभिजन च्यानल सुरु गरेका हुन् ।
काठमाडौं मा एक भब्य कार्यक्रम को आयोजना गरि ग्यालेक्सी फोर के च्यानल ‘शुरु भएको घोषण गरेका छन् ।

सिधा कुरा

टेलिभिजन ईतिहास का मुर्धन्य ब्यक्तित्वहरु को उपस्थिति माभएको कार्यक्रम मा सो च्यानल मा प्रसारण हुने कार्यक्रम हरुको फर्स्ट लुक समेत सार्वजनिक गरिएको थियो । उक्त टेलिभिजन बाट नेपाली भाषामा रामायण लगायत फ्रेन्चाइज रियालिटी शो को बन्छ करोडपति र सारेगामापा लिटल च्याम्प तथा, आबिश्कार, सम्बन्धहरु, क्राइम प्याट्रोल, फरेभर, द लिडर, लाल मोहर, लगायतका कार्यक्रम हरु प्रसारण गरिने बताइएको छ ।


कार्यक्रम क्राइम पेट्रोल चर्चित कलाकार दिपकराज गिरी ले सञ्चालन गर्ने छन् भने को बन्छ करोडपति महानायक राजेश हमाल ले होस्ट गर्ने छन् त्यसैगरी सारेगामपा लिटिल च्याम्प गायिका ईन्दिरा जोशी, गायक कालिप्रसाद बास्कोटा र आयुष केसी ले प्रस्तुतलगर्नेछन् । लाल मोहर कार्यक्रम चर्चित मोटिभेटर रमेश प्रसाइले होस्ट गर्ने छन् भने सम्बन्ध हरु कार्यक्रम चर्चित पत्रकार विजयकुमार पाण्डेले होस्ट गर्ने छन् । कला र साहित्य सम्बन्धी कार्यक्रम फरेभर युवा पुस्ताका चर्चित कबि नबराज पराजुली ले सञ्चालन गर्ने छन् । त्यसैगरी बिज्ञान प्रबिधि सम्बन्धि कार्यक्रम ‘आविष्कार’ बैज्ञानिक महाबिर पुन ले सञ्चालन गर्ने छन् ।


रबि लामिछाने को चर्चित कार्यक्रम सिधा कुरा जनता सँग हाल न्युज ट्वेन्टीफोर टेलिभिजन बाट सम्झना भुजेलले सञ्चालन गरिरहेकोमा हाल सो कार्यक्रम को नाम सिधा कुरा…. सस्पेन्स राखिएको तर केहि समयपछि नै सो कार्यक्रम शुरु हुने बताइएको छ । हाललाइ सो कार्यक्रम को साटो कामका कुरा भन्ने कार्यक्रम लञ्च गरिएको जनाइएको छ ।‌
कार्यक्रम सिधा कुरा जनता सँग आफुले शुरुवात गरेपनि सो कार्यक्रम को उद्देश्य अनुरुप जनताले न्याय पाए जो सुकैले पनि सो कार्यक्रम चलाएपनि आफुलाई गौरब लाग्ने तर उद्देश्य अनुरुप सो कार्यक्रम चलाउन नसके आफुले चुप लागेर नबस्ने कुरा लामिछाने ले बताएका छन् ।


लामिछाने उक्त टेलिभिजनका लागि म्यानेजिङ डाइरेक्टरको भूमिकामा छन् । उनले भने, ‘जनताको आवाजलाई प्राथमिकता दिने र मनोरञ्जनात्मक कार्यक्रम प्रशारण गर्नेगरी नयाँ टेलिभिजन सञ्चालनमा ल्याएका छौं ।’
कार्यक्रममा निर शाह, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, राजेश हमाल दिपकराज गिरी लगायतको उपस्थिति रहेको थियो ‌ ।

अघिल्लो लेखमाउर्लाबारी, प्रविण मृत्यु प्रकरण : जिल्ला प्रशासन र सरकारी वकिल कार्यालय घेराउ
अर्को लेखमासाँसद पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसला