माघ ७, गौरीगञ्ज । नेपालि टेलिभिजन ईतिहासमै सर्वाधिक सफल र लोकप्रिय कार्यक्रम ‘सीधा कुरा जनतासँग’का प्रस्तोता रवि लामिछानेले न्यूज २४ टेलिभिजनबाट राजीनामा दिएका छन्।
न्यूज २४ टेलिभिजनको कार्यक्रम विभागमा प्रमुख कार्यकारी निर्माता एवं प्रस्तोताको जिम्मेवारीमा रहेका लामिछानेले औपचारिक रुपमा टेलिभिजन छोडेको कुरा उनले आज सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै पुष्टी गरेका छन् ।
लामिछानेले न्युज ट्वेन्टीफोर टेलिभिजन मा कार्यक्रम‘सीधा कुरा जनतासँग’ ६ सय ३५ भागसम्म चलाएका छन् । सीधा कुरा जनतासँग’ कार्यक्रम न्यूज २४ मै अझै केही भाग प्रसारण हुने बताइएको छ। उनले ५ महिनाअघि राजीनामा दिए पनि स्वीकृत भएको थिएन ।
लामिछानेले न्यूज २४ मा पाँच वर्ष काम गरे। टेलिभिजन छाडेको विषयमा न्यूज टिम औपचारिक जानकारी गराउँदै अब नयाँ योजनामा जाने बताएका छन्।
लामिछानेले सन् २०१३ मा न्यूज २४ टेलिभिजनमै लगातार ६० घण्टा अन्तरवार्ता गरेर गीनिज बुकमा विश्व कीर्तिमान लेखाएका छन्।