रबि लामिछानेले छाडे टेलिभिजन, गरे राजनितिमा आउने सँकेत

पढ्न समय: 1 मिनेट

सेलिब्रेटी सञ्चारकर्मी रवि लामिछाने राजनीतिमा आउने भएका छन्। ग्यालेक्सी फोर के टेलिभिजनमा ‘सिधा कुरा’ कार्यक्रमका सञ्चालक लामिछानेले औपचारिक रुपमै टेलिभिजन छाडेर राजनितिमा आउने सँकेत गरेका हुन्।

‘टेलिभिजनबाट औपचारिक बिदाइ भएर’ लामिछानेले सञ्चारकर्मी हरु सँग आज टेलिभिजन मा आफ्नो अन्तिम एपिसोड प्रशारण हुने र कार्यालय सिधा कुरा , ह्याण्डओभर गर्ने कुरा बताए ‌ ।उनले आफूले राजनीतिमा लाग्ने निधो गरेको समेत बताए ।

- Advertisement -
Ad image

उनि कुनै राजनीतिक दलमा आबद्ध हुने वा स्वतन्त्र राजनिति गर्ने भन्ने बारे खुलाएनन्।

‘म भोलिदेखि सरसल्लाह गर्नेछु। आउँदो असार ७ गते राष्ट्रिय सभा गृहमा कार्यक्रम गरेर कस्तो राजनीति र कुन क्षेत्रबाट लड्ने लगायतका विषयमा प्रष्ट पार्छु’, लामिछानेले भने, ‘मलाई धेरै राजनीतिक दलबाट प्रस्ताव आएको छ। तर मलाई अहिलेका राजनीतिक दलहरूमा त्यतिधेरै चासो छैन। तर म सल्लाहको चरणमा छु।’

उनले आफू स्वतन्त्र रूपमा राजनीतिमा लाग्ने सोचमा समेत नरहेको बताए।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्