असार ७, काठमाडौं । प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र राष्ट्रपति छानिनु पर्ने मुल एजेण्डा सहित सेलिब्रेटी सञ्चारकर्मी रवि लामिछानेले नयाँ राजनीतिक दल को घोषणा गरेका छन् । काठमाडौमा एक औपचारिक कार्यक्रमको आयोजना गरि उनले नयाँ दलको घोषणा गरेका हुन् । उनको दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी रहने कुरा घोषणा सभामा बताएका छन् भने प्रस्तावित चुनाव चिन्ह घण्टी रहने कुरा घोषणा गरिएको छ ।
उनले स्वतन्त्र उम्मेदवारी घोषणा गरेकाहरुलाई आफ्नो दलमा आउन आग्रह गरे । घोषणा सभालाई सम्बोधन गर्दै उनले आफ्नो दलको कुनै भातृ संगठन नरहने र कसै सँग चन्दा माग्ने काम नगर्ने बताए । स्वतन्त्र उम्मेदवारी दिन लागेकाहरुप्रति आफ्नो सम्मान रहेको भन्दै उनले देशभरबाट समानुपातिक मत संकलन गर्नु पर्ने भएकाले दल गठन गरेको उनले सुनाए । दलको केन्द्रीय समिति २१ जनाको रहेकोमा सो समितिमा देशले चिनेको मान्छेहरु नरहेपनि देशलाइ चिन्ने मान्छेहरु राखिएको बताए ।