मँसिर ९ गौरीगञ्ज । गौरीगञ्ज को छिमेकी निर्वाचन क्षेत्र रतुवा पश्चिम को मोरङ क्षेत्र नम्बर २ मा सुजाता कोइरालालाई हराउँदै एमालेका ऋषिकेश पोखरेल विजयी भएका छन् ।

उनले नेपाली कांग्रेसकी उम्मेदवार सुजाता कोइरालालाई १२ सय ५ मतान्तरले पछि पार्दै विजयी भएका हुन् । एमालेका पोखरेलले ३३ हजार १ सय ४८ मत ल्याएर विजयी हुदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी उम्मेदवार कोइरालाले ३१ हजार ९ सय ४० मत प्राप्त गरेकि छिन

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका ठगेन्द्र प्रसाद न्यौपानेले ४ हजार ९ सय ८७ मत प्राप्त गरेका छन् ।