रतुवामाई ४ स्थित भद्र चोकमा एक महिलाको शव भेटियाे

पढ्न समय: 0 मिनेट

मोरङको रतुवामाई नगरपालिका वार्ड नम्बर ४ स्थित भद्र चोकमा एक महिलाको शव भेटिएको छ। पहिचान नखुलेको अन्दाजी ३०र३५ बर्षको देखिने महिलाको शव मकैबारीभित्र भेटिएको इलाका प्रहरी कार्यलय सिजुवाले जनाएको छ।
अर्धनग्न अबस्थामा भेटिएको महिलाको शव बलात्कार गरी हत्या गरिएको आशंका गरिएको छ। सडकबाट केही भित्र रहेकाे रामप्रसाद भण्डारीको मकैबारीमा शव फेला परेको हो 

अहिले घटनास्थललाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान थालेको छ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्