२० साउन , मोरँग । कोरोना भाईरसको संक्रमण समुदाय स्तरमा फैलने जोखिमलाई मध्यनजर गर्दै मोरँगको रतुवामाइ नगरपालिकाले सम्पूर्ण नगरपालिका क्षेत्र दश दिनलाई पूर्णरुपमा शिल गर्ने निर्णय गरेको छ । नगरपालिका स्तरीय कोरोना भाईरस रोकथाम नियन्त्रण प्रतिकार्य तथा व्यवस्थापन कार्यदलको आज बसेको बैठकले सो निर्णय गरेको हो ।


आज राति १२ बजेदेखि लागु हुने गरि स्वास्थ्य सेवा वहेक नगरपालिकाको कार्यालय , वडा कार्यालयहरु लगायत नगर भरिका सम्पूर्ण कार्यालयहरु , संघ सस्थाहरु पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको कुरा नगर प्रमुख रबिन राइले बताएका छन्।
आगामी ३० गते राती १२ बजे सम्म लागु हुनेगरी नगर क्षेत्र भित्र एम्बुलेन्स बाहेकका सम्पूर्ण यातायातका साधनहरु समेत बन्द गर्ने निर्णय गरेको छ । अत्यावश्यक कामबाहेक सामान्य हिडडुल समेतमा कडाई गर्ने निर्णय गरेको हो ।