रतुवामाइको झुर्किया, पैयामारी र आमबारी बजार भदौ २२ गते सम्म सिल गर्ने निर्णय

पढ्न समय: 1 मिनेट


१६ भदौ, मोरँग । रतुवामाई नगरपालिकाले वडा नँ४ क्षेत्र शील गर्ने निर्णय गरेको छ । आज मध्यरात देखि लागु हुने गरि भदौ २२ गते सम्म लागि सो वडा शील गर्ने निर्णय गरेको हो । झुर्किया क्षेत्रमा कार्यरत दुई जना प्रहरीमा आज कोरोना संक्रमण देखिएपछी रतुवामाई ४ को झुर्किया बजार पूर्ण रुपले शिल गर्ने तथा पैयामारी चौक, र आमबारी बजारको २०० मिटर परिधिको क्षेत्र आज राती १२ बजेदेखि भाद्र २२ गते सम्मका लागि शिल गर्ने र बन्दाबन्दी (लकडाउन) को समय अवधि भाद्र २२ गते राति १२ बजे सम्मलाई थप गर्ने निर्णय गरिएको कुरा नगरपालिका को सुचना प्रबिधी शाखाले जनाएको छ । आज बसेको नगर स्तरिय सिसिएमसिको बैठकले शिल गरिएको क्षेत्रका व्यापारी लगायत सो क्षेत्रका घरधुरीका सदस्यहरुको स्वाब संकलन गरि उनीहरुलाई अनिवार्य क्वारेन्टिनमा राखी स्वाब परिक्षणका लागि पठाउने पनि निर्णय गरेको छ । सिमानाका पूर्णरुपले सिल गरिएको व्यवस्थालाई थप कडाई गर्दै बिमा समिति मार्फत ५० % छुटमा हुने कोरोना बिमाको सिफारिस सम्बन्धित वडा कार्यालयबाट नि शुल्क प्रदान गर्ने निर्णय गरीएको छ ।

Facebook Comments
यो समाचार सेयर गर्नुहोस्