
रन्जु दर्शना विवेकशील साझा पार्टीमै फर्केकी छन्। बिहीबार उनले सामाजिक सञ्जालमा लेख्दै उनि पार्टीमा फर्केको जानकारी दिएकी हुन्।
सामाजिक सञ्जाल फेसबुकमा उनि लेख्छिन् – “करिब डेढ वर्ष स्वतन्त्र रहेको म विवेकशील साझा पार्टीबाटै दलीय राजनीति पुनारम्भ गर्दैछु,’ उनले भनेकी छन्, ‘भोलि र पर्सी (२७-२८) गते हुने वि.सा.पा.को महाधिवेशनबाट एकीकृत र सशक्त पार्टी निर्माणमा लाग्न म पनि प्रतिबद्ध छु।’
मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभाको निर्वाचनमा पनि उनले स्वतन्त्र उम्मेदवारी दिएकी थिइन्। काठमाडौंको क्षेत्र नम्बर ५ बाट सेलरोटी चिन्ह लिएर निर्वाचन लडेकी थिइन् । यद्यपि उनले हार बेहोरेकी थिइन् ।