रबिन्द्र बराल। ।
माेरङकाे रंगेली नगरपालिका तथा धनपालथान गाउँ पालिका काे कर्सिया बजार मा अस्थाई ट्राफिक चेक पाेष्ट द्वारा प्रदेश १ लाई पूर्ण हर्न निषेधित क्षेत्र प्रदेश घोषणा गर्ने लक्ष्यसहित सोमबारबाट पुनः ट्राफिक प्रहरीले सवारीको नियमन सुरु गरेको छ । प्रदेश १ मा सोमबार देखि एकैपटक ट्राफिक यूनिट हरुले सडकमा प्लेकार्डसहित चालकहरु लाई ट्राफिक प्रहरी हरुले चालक हरु लाई नमस्कार गर्दे हर्न नबजाउन सचेतना अभियान सुरु गरेका छन । अस्थायी ट्राफिक कर्सिया र रंगेली ले पनि हर्न निषेध कार्यक्रमका लागि सोमबारबाट सडकमा अनुगमन सुरु गरेका छन । उक्त कार्यक्रम गत बर्ष देखि कार्यक्रम कार्यन्वयनमा आईसकेको थियो । तर लकडाउन भए सँगै सवारी हर्नको का बारेमा बेवास्ता गरेता पनि पुनः पूर्ण रुपमा सवारी सञ्चालनमा आएसँगै चापको प्रभाव वायुसँगै ध्वनी प्रदुषणमा समेत वडन थालेको छ । प्रहरीले सवारी चालकलाई हर्न नबजाई तोकिएको सीमाभित्रको गतिमा सवारी सञ्चालन गर्नका लागि आग्रह गर्दै हर्न निषेधित कार्यक्रम कार्यन्वयनमा आएको पूर्व सूचना सोमबार सडकमा प्लेकार्डसहित सडकमा जनचेतना गराएका थिए । यो नियमको पालना नगर्ने सवारी चालकले कानुन अनुसारको सजाय समेत रहेको ट्राफिक कार्यलय रंगेली ले जनाएको छ । यातायात व्यवस्था ऐन २०५० को दफा १६४ ‘घ’–३ अनुसार ध्वनी प्रदुषण गरेवापत ५०० देखि एकहजार ५०० सम्म सम्बन्धित व्यक्तिबाट जरिवाना लिईने समेत व्यवस्था उल्लेख छ । कसैले प्रदेश १ भित्र सोमबारदेखि हर्न बजाउँदै सवारी चलाएको अवस्थामा जुनसुकै स्थानमा रोकेर भएपनि ट्राफिक प्रहरीले याहि ऐनको दफामा टेकेर जरिवाना लिईनेे कर्सिया ट्राफिक चेक पाेष्ट का इन्चार्ज धम्रेन्द्र राजवंशी लेबताए । ट्राफिक प्रहरीले सार्सार्वजनिक यातायात , टेम्पु,बिधालयका बस तथा माेटरसाईकल र निजि सबारी साधन का चलक हरुलाई हर्न निषेधित’ प्रदेश अभियानलाई कडाईका साथ कार्यन्वयनमा ल्याइएकाे रंगेेेेली ट्राफिक ईन्चार्ज निलमणि पाेख्रेल ले बताए ।
मोरँग रंगेली र कर्सिया मा समेत हर्न नबजाउन जनचेतना