रबिन्द्र बराल । मँसिर ७, रँगेली ।‌
रंगेली नगरपालिका ४ चोप्राह मा आगलागी हुदा ८ लाख रुपैयाँ बराबरको क्षति भएको छ । मंगलबार दिउँसो १ बजे आगलागी हुदा श्याम साहको टिनको छाना भएको, बाँसको टाँटीले सेन्ट्री बेरा गरेको १ तले गोदाम घरमा आगलागी भएको प्रहरीले जनाएको छ । अचानक आग लागी भएको आगाे नेपाल प्रहरी,सशस्त्र प्रहरी,रंगेली को दमकल र स्थानिय बासिन्दाले नियन्त्रणमा लिएका थिए । आगलागी बाट गोदाम भित्र रहेको गहु,सन्पाट ( पटुवा) गरी जम्मा आठ लाख बराबरको क्षती भएको ईलाका प्रहरी कार्यालय रंगेली का प्रहरी निरिक्षक अनमाेल खड्काले बताए l