रबिन्द्र बराल ।
माेरङकाे रंगेली नगरपालिका मा राष्ट्रिय परिचयपत्र विवरण गर्नेका लागि फाेटाे खिच्ने कार्यक्रम सुरु हुने भएको छ । जिल्ला प्रशासन कार्यालय माेरङ ले राष्ट्रिय परिचयपत्र विवरण दर्ताको लागि शनिबार अन्तरक्रिया कार्यक्रम समेत गरेको छ । गृह मन्त्रालयले पाँच बर्ष भित्र सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने नीति अनुरुप रंगेली मा राष्ट्रिय परिचयपत्र सुरु हुन लागेकाे हाे ।

गेली नगरपालिका काे सभाहलमा जिल्ला प्रशासन कार्यलय माेरङका साहयक प्रमुख सरद कुमार अधिकारी , ईलाका प्रशासन रंगेली का सुनिल पाैडेल, नगरपालिका का उपमेयर केशव कुमारी खराल, बडा अध्यक्ष , बिधालय का शिक्षक, बुद्धिजीवी लगायत काे समेत उपस्थिति समेत रहेको थियोे । सुरुमा माेरङकाे उत्तरी भेगमा परिचयपत्र बितरण का लागि सुरु गर्ने भनिएता पनि काेराेना भाईरस का कारण गर्दाे हुन नसकेकाे र काेराेना काे जाेखिम कम हुदै गएकाे हुनाले सिमाबर्ति क्षेत्र काे रंगेली , सुनवर्सि , रतुवामाई र धनपालथान गाउँ पालिका मा पहिलो चरणमा सुरुवात गरिने सरद कुमार अधिकारी ले बताए । एक व्यक्ति एक परिचयपत्र नम्बर प्रणालीमा नागरिकता,पासपोर्ट, सवारी चालक लाइसेन्स आदि एकीकृत गर्ने कार्यको सुरुवात गरिने सरकारको योजना समेत रहेको उनलेे ले बताए । सहायक प्रमुख जिल्ला अधिकारी काे अध्यक्षतामा राष्ट्रिय परिचयपत्र नामावलि सङकलन तालिम तथा अन्तरक्रिया कार्यक्रममा गरिएको थियो । जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत केशव खतिवडाले कार्यक्रम काे सहजीकरण गरेका थिए । प्रत्येक वडा बाट राष्ट्रिय परिचयपत्र बनाउन सकिने भएको छ । राष्ट्रिय परिचयपत्रकाे बारेमा कुरा राख्दै रंगेली नगरपालिका उप मेयर केशब कुमारी खराल ले अभियानलाई सहयाेग गर्न सम्पूर्ण जनप्रतिनिधि तथा वडा सचिवलाई निर्देशन समेत दिनु भएको छ ।
राष्ट्रिय परिचयपत्र लिनको लागि आवश्यक कागजातहरू :
१. नेपाली नागरिकताको प्रमाण पत्रको सक्कल (२०५८ पछिको नागरिकतामा स्टिकर नभए मान्य नहुने ।
२.बुबा आमाको नागरिकताको प्रतिलिपी उपलब्ध भएसम्म ।
३.नागरिकताको प्रमाण पत्रमा जन्ममिती नखुलेको हकमा सो खुल्ने प्रमाण पत्र वा गाउँपालिका/नगरपालिकाको सिफारिस ।
४. राहाधानी लिएको भए सोको सक्कल वा नक्कल।
५. बसाई सराई हकमा बसाई सराई सक्कल (२०४० साल भन्दा पहिला बसाईसराई गरेको हकमा मात्र वडाको बसाई प्रमाणीतले काम गर्ने र २०४० पछि बसाईसराई गरेकोले अनिवार्य बसाईसराइ कागज नै पेस गर्नु पर्ने ।
६. विवाहितको हकमा नागरिकतामा पति/पत्नीको नाम उल्लेख नभएमा विवाह दर्ता प्रमाण पत्र अनीवार्य सक्कल ।
७.एकल महिलाको हकमा मृत्यु दर्ताको सक्कल प्रति अनिवार्य ल्याउनु पर्ने ।