रबिन्द्र बराल।
माेरङकाे रंगेली नगरपालिकाले जडान गरेको सिसि क्यामरा काे निगरानी गर्ने नगरपालिकाले १५ महिना पछि रंगेली प्रहरीलाई जिम्मा लगाएकाे छ । नगरपालीका परिसर भित्र , रंगेली बजारको कालीमन्दिर अगाडी, भाेटुवावु चाेक , रंगेली बसपार्कमा र डाईनिया जाने बाटो काे माेरिया पुल मा रहेको सि.सि.क्यामेरा पुनः सन्चालनमा आएको छ । नगरपालिकाले मुख्य वजार तथा आसपासमा अपराध नियन्त्रण , दुर्धटना, चाेरी लगायतका गतिविधि नियन्त्रण गर्ने उदेश्य ले जडान गरिएको सिसि क्यामरा काेे निगरानी साता दिन देेेखि कार्यालयको संचार शाखामा हार्ड डिक्स र मनिटर जडान गरेेेर संचार शाखाबाट मनिटर गर्ने व्यवास्था मिलाईएको छ । नगरपालिकाले अझै बडा नम्बर ४ काे बडा कार्यलय , संन्सारी माई स्थित चिस्याङ खाेला , दर्वेशा काे बक्राह पुल, मधुवनि चाेक र पिपल चाेक मा थप सिसि क्यामरा जडान गरेेेमा अपराधी हरु लाई निगरानी गर्ने अझै सहज हुने प्रहरी निरिक्षक अनमाेल खड्काले बताए ।