
रबिन्द्र बराल, असार ५, मोरङ । रंगेली नगरपालिकाले सरकारी कार्यालयको वरपर हुने मदिरा जन्य पदार्थको बिक्री वितरण मा रोक लगाउने पहल शुरु गरेको छ । नगरपालिका ले सरकारी कार्यालय को १०० मिटर वरपर को क्षेत्रमा मदिरा बिक्रि वितरण कार्य गर्न नहुने कानुनी प्रावधान काे पालना भए-नभएको वारेमा सर्वदलिय एककृत टोली परिचालन गरी अनुगमन गर्ने निर्णय गरेको छ ।

आईतबार विपद व्यवस्थापन काे लागि बसेको बैठकले यस बर्ष मनसुन चाडै सुरु भएको र बिगत काे तुलनामा मनसुन बिगत काे भन्दा बडि सक्रिय हुने माैसम बिभाग ले जानकारी समेत गराएकोमा उक्त कुरालाई मध्ये नजर राख्दै नगरपालिकाले पहिलो पटक विपद्घ व्यवस्थापन काे बैठक ले सम्भावना प्रभावित व्यक्तिहरुलाई सुरक्षित स्थानमा राखी उचित प्रवन्ध मिलाउने , उच्च क्षेत्रको खोजी र पहिचान गर्ने , नेपाल प्रहरी र ससस्त्र प्रहरी लाई अत्यावश्यक सामााग्री प्रदान गरिने, विपद् काे समयमा तत्काल उद्दारको कार्यमा जनपद प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी परिचालन गराउने निर्णय गरेको छ ।
त्यसैगरी विपद्को समयमा घाइतेको उपचारको लागी रंगेली अस्पतालमा विशेष टोली बनाई परिचालन गर्ने, रंगेली नगरपालिकाले उद्धार सामाग्री खरीद गरी तयारी अवस्थामा राख्ने तथा जेसिबि दमकल, एम्बुलेन्स लगायत साधन तुरुन्त सवा प्रदान गर्ने , त्यसैगरी संसारीमाई स्थान को चिसाङ खोलाको पूर्वपट्टी कटान नियन्त्रण गर्ने लगायतका निर्णय समेत गरिएको छ । बैठक मा नगर प्रमुख दिलिप बगडिया, उपमेयर भुमा पराजुली , कार्यकारी अधिकृत नवराज कार्की , ईलाका प्रशासन अधिकृत उपेन्द्र राई, बडा अध्यक्ष लगायतकाे उपस्थिति रहेको थियोे ।

