।
रबिन्द्र बराल
भदौ ४ बिहीबार
माेरङकाे रंगेली नगरपालिका ५ स्थित आमगाछिमा रहेको प्रहरी चाैकि (ख) आमगाछि मा बुधबार राति प्रहरी द्वारा सर्वसाधारण माथि अन्धाधुन्ध लाठि प्रहर गरेका छन । कुटपिट पछि राति नै प्रहरी कार्यलय स्थानीय द्वारा घेराउ गरेका थिए ।

बडा अध्यक्ष ले वडा मा ५ लाई काेराना पाेजेटिव देखाए पछि वडा का प्रतिनिधि तथा प्रहरी हरु ले बिहीबार देखि वडा मा कडाइ गर्न निर्यण गर्ने गरेपछि बुधबार बेलुका प्रहरी तथा बडा अध्यक्ष महानन्द मंण्डल संगै गएर घरकाे आँगन तथा खेत बाट आउदै गरेका बृद्घ, बालबालिका तथा युवा हरु लाई प्रहरी का असई भुट्कन यादव र सन्ताेष यादव ले स्थानीय हरुलाई अन्धाधुन्ध लाठी प्रहार गरेकाे स्थानीय ले बताए । स्थानीय ले भने बडा अध्यक्ष कै राेहवरमा आफू हरुलाई कुटपिट गरेको स्थानीय दिगम्वर मंण्डले बताए । यता बडा अध्यक्ष महानन्द मंन्डल ले भनेे आफु ले कुनै पनि निर्देशन नदिएकाे बताए । अहिले प्रहरी चाैकि मा स्थानीय हरु काे घेराउ समेत गरेका छन ।आक्राेसित समुहले राति प्रहरी चाैकी का सहि सन्तोष यादव काे टाउको समेत फुटेको र आफुलाई बचाउ गर्ने प्रहरीले एक राउन्ड हवाई फाईर समेत गरेको थियोे ।
प्रहरीले बिरेन्द्र मंण्डल , माेतिलाल मंण्डल, रमेश मंण्डल, अनुज मंण्डल, लागयत गरि ३० जना भन्दा बडि लाई कुटपिट गरेकाेे स्थानीय नरेश मंण्डल ले बताए ।