रबिन्द्र बराल
माेरङकाे रँगेली नगरपालिकामा समुदाय स्तरमै कोरोनासँक्रमण फैलिएको पुष्टि भएको छ । आज एकैदिन रँगेलीमा नेपाल बिद्युत प्राधिकरणमा कार्यरत ५ कर्मचारी र रँगेली अस्पतालमा कार्यरत ३ कर्मचारी सहित २२जनामा सँक्रमण पुष्टि भएको छ ।
बिहीबार १सय ५६ जाना काे स्वाब सँकलन गरि पिसिआर परिक्षणका लागि पठाइएको मा आज २२ जना को रिपोर्ट पाेजेटिव फेला परेको हाे ।
बिद्युत प्राधिकरणका ५ र रँगेली अस्पतालमा ३ बाहेक अन्य १४ जनासँक्रमितहरु रंगेली नगरपालिका बडा नम्बर ७ को रहेको कुरा नगर स्वास्थ्य शाखा प्रमुख भुपेन्द्र मण्डलले जनाएका छन् । जस मध्य महिला ९ जना १३ जना पुरुष रहेको स्वास्थ्य शाख प्रमुख मंन्डल ले बताए । गत बिहिबार नगरपालिकाले कर्मचारीहरुको स्वाब सँकलन गरि रहदा वडा नँ ७ बजार क्षेत्रका स्थानियहरुले स्वत स्फुर्त रुपमा स्वाब दिन गएका थिए ।
आज सँक्रमण पुष्टी भएका सबै २२ जना क्वारेन्टाइन बाहिर समुदायका हरु हुन् । यसरी समुदाय स्तरमा यति ठुलो सँख्यामा सँक्रमित फेला परेपछी रँगेली नगरपालिकाको अहिले आकस्मिक बैठक बसिरहेको छ ।