रबिन्द्र बराल
माेरङकाे रंगेली नगरपालिका ७ मा रहेकाे भुमिसुधार तथा मालपोत कार्यालय र नापी कार्यालय का कर्मचारी हरुले दैनिकी ब्यक्तिगत रुपमा रकम जम्म गर्ने गरेको खुलासा भएकाे छ । सुचना समृद्धि बचत तथा ऋिण सहकारी संस्था का एक कर्मचारी ले दैनिकी दिउँसो ३ बजे देखि ३:३० बजे सम्म काे समयमा कार्यलयमा प्रवेश गरि काेठा काेठामा पुगर उनलेे पैसा उठाउनेे गरेको खुलासा भएको हाे । मालपोत का कार्यलय प्रमुख बाहेक ८ जना कर्मचारी हरु उक्त सहकारी मा दैनिकी ३ सय रुपैयाँ देखि माथि सम्म बचत गर्ने गरेको खुलाशा भएको छ । उक्त कुरा नाम नखाेल्ने सर्तमा उनको कल रेकर्डिङ हामी संग सुरक्षित समेत रहेको छ । उक्त रेकर्डिङ मा भनिएकाे छ मालपोत कार्यलयमा रजिस्ट्रार फाँट मा जग्गा पास गरेको राजस्व बाहेक ५ सय देखि १ हजार रुपैयाँ सम्म , कम्पुुटर फाँट कुनै पैसा नलाग्ने भएता पनि प्रत्येक लिखत बापत ५ सय रुपैयाँ, पुर्जा बनाउनेे ठाउँमा एक रुपैयाँ पनि नलाग्ने ठाउँमा २ सय रुपैयाँ, कम्पुटर फाँटमा एन्ट्रि गरे बापत कुनै रकम नलागेता पनि ५ सय रुपैयाँ , हाल साबिक गरेको २ सय रुपैयाँ राजस्व भएता पनि ५ सय रुपैयाँ अतिरिक्त रुपमा लिने गरेको समेत उक्त रेकर्डिङ मा प्रस्ट भनिएको छ । सहकारी का कर्मचारी मालपोत कार्यलयमा रकम सङकल्न गर्ने काेठा काेठा मा पुगे पछि एभिन्युज टेलिभिजन का माेरङ रिपोर्ट रबिन्द्र बराल ले सबै कक्षमा संग संगै गए पछि उक्त दिन कसैले रकम जम्मा गरेनन् मानेनन् । मालपोत का एक कर्मचारी लाई प्रश्न साेधे किन आज रकम जम्मा नगरेको सर ? उनलेे भने हैन नगरेको । पत्रकारको प्रश्न : हिजो अस्तित जम्मा गर्ने गर्नु भएको थियोे त ? उनको जवाफ तलव बाट गरेको । पत्रकारको प्रश्न : के सरकारले प्रत्येक दिन तलव पठाउन थालेको छ सर ? उनलेे केही बाेलेन्न । नेपाल लेखापढी कानून व्यवसायी एशोसिएशन इकाई समिति रंगेली का ब्यक्ति हरु बाट कर्मचारी हरु ले खुले आम घुस लिएर दैनिकी बचत खातामा रकम जम्मा गर्ने गरेका छन । रंगेली मा मालपोत कार्यलय र नाप कार्यलय २०७१ साल स्थापना भएको थियोे । अहिले मालपोत कार्यलयका ६ जना कर्मचारी लाई हाल सम्म पनि सरुवा गर्ने नसकेको कारणले गर्दा उनी हरु काे हालिमुहालि समेत भएको पाईएकाे छ । सबै लेखापढि का व्यक्ति हरु लाई दुख दिने गरेको र पैसा दिए तुरुन्तै काम गर्ने र पैसा नदिए नेट बिग्रेको बाहाना समेत बनाउने गरेकाे लेखापढि संघ का सदस्यले बताए । उनले भने अहिले आफू खुलेर बाेल्ने हाे भने भाेली देखि आफुले लगेको काम समेत नगर्ने गरेको हुनाले उनी मिडियामा आउन चाहेनन् । कर्मचारी हरु लाई तुरुन्तै पैसा दिएमा बिग्रिएकाे नेट समेत सन्चालन हुने र काम समेत गरिदिने उनले बताए । कर्मचारी हरुले थप रकम माग गरेपछि लेखनदास हरुले समेत सेवा ग्राही हरु संग थप रकम लिएर काम गरिदिने गरेको समेत सुईकार गरेका छन । मालपोत कार्यलयमा दैनिक जग्गा पास ४० बटा हुने र जग्गाको हाल साविक ८ देखि १० बटा समेत हुने गरेको छ ।
कर्मचारी हरुले रंगेली मा रहेका अन्य सहकारी मा समेत बचत गर्ने गरेको पाईएकाे छ । यसरी सेवा ग्राही हरु संग अतिरिक्त रुपमा रकम लिदा समेत अख्तियार आयाेग काे बेवास्ता का कारण अति बिपन्न सेवा ग्राही हरु थप समस्य मा परेका छन । यस बिषयमा समस्य मै सबै काे ध्यान जान आवश्यक रहेको देखिन्छ ।