
भदौ ९ मंगलबार
रबिन्द्र बराल
माेरङकाे रंगेली नगरपालिका मा एकै परिवार का १४ जना लाई काेराेना पाेजेटिव देखा परेपछि रंगेली मा त्रास फैलिएको थियो । भनेे पछिल्लो समयमा रंगेली मा काेराेना केही मात्रामा नियन्त्रणमा आउन थालेको छ । क्न्टयाक ट्रेसिङ मा जम्मा १ सय ७० सबै जना काे नेगेटिभ रिपोर्ट आएको छ । तिरुपती बालाजी मन्दिर क्वारेन्टिनमा अहिले ६ जना रहेका छन । भने आइसोलेशनमा ११ जना संक्रमितहरु उपचार गराई भईरहेकाेे छ । उपचार पछि अहिले सम्म ७७ जना ले काेराेना लाई जितेेेर घर समेत फिर्ता भईसके काे स्वास्थ्य प्रमुख भुपेन्द्र प्रसाद मंण्डले बताए । रंगेली नगरपालिकाले साउन १९ गतेदेखि भदौ १० गतेसम्म का लागि वडा नम्बर ४,५,६ र ७ पुर्ण रुपमा निषेधाज्ञा समेत गरेको छ । भने बाँकी वडा हरु लकडाउन गरेको हाे ।
रंगेली अस्पताल का प्रमुख राेहिन्द्र पाण्डे का अनुसार अहिले रंगेली मा काेराेना का बिरामी हरु कम हुदै गएकाे हुनाले अब नगरपालिकाले बजार भित्र का पसल हरु केही मात्रामा खुकुलो गरेर सर्वसाधारण हरु ले सहजक भएर पसल तथा भिडभाड मा सजक भएर किन मेल गर्ने र सबै सुरक्षित रहन समेत अनुरोध गरेका छन ।
कोरोना नियन्त्रणमाआइरहेको बेला दक्षिणी मोरँगका छ वटा पालिका हरुको आज सँयुक्त बैठक बसेको छ । कटहरी, रँगेली, रतुवामाइ, सुनबर्सी, धनपाल र जहादा का प्रतिनिधीहरु बिच बसेको बैठकले यि क्षेत्रमा लकडाउन कायम राख्दै बिहान देखि मध्यान्ह १२ बजे सम्म बजार खुलाउने निर्णय गरेको छ ।