
रबिन्द्र बराल
१९ साउन, मोरँग । मोरँगको रँगेली नगरपालिका क्षेत्र तिन दिनका लागि सील गरिएको छ । रँगेलीमस समुदाय स्तरमै ठुलो सँख्यामा सँक्रमित फेला परेपछि आज बसेको रँगेली नगरपालिकाको आकस्मिक बैठकले अर्को सुचना जारी नभएसम्म नगरपालिका क्षेत्र सील गर्ने निर्णय गरेको हो ।
नगरपालिकाको वडा नँ ७ को सम्पुर्ण क्षेत्र र वडा नँ ४, ६ र ८ को आँशिक क्षेत्र सील गर्ने निर्णय भएको कुरा नगर प्रमुख दिलिप बगडियाले बताएका छन् । यो अबधि भरी सम्पुर्ण बजार पसल हाट बजार बन्द गरिने निर्णय भएको हो । नगरप्रमुख बगडियाका अनुसार रँगेली अस्पतालको समेत सम्पुर्ण सेवाहरु बन्द गरिएको छ । भोलि देखि कन्ट्याक्ट ट्रेकिङ गरि तिरुपति मन्दिर क्वारेन्टाइन मा स्वाब सँकलन गतिले कुरा उनले बताएका छन् ।
आज एकैदिन रँगेलीमा नेपाल बिद्युत प्राधिकरणमा कार्यरत ५ कर्मचारी र रँगेली अस्पतालमा कार्यरत ३ कर्मचारी सहित २२जनामा सँक्रमण पुष्टि भएको हो ।
बिहीबार १सय ५६ जाना काे स्वाब सँकलन गरि पिसिआर परिक्षणका लागि पठाइएको मा आज २२ जना को रिपोर्ट पाेजेटिव फेला परेको हाे ।
बिद्युत प्राधिकरणका ५ र रँगेली अस्पतालमा ३ बाहेक अन्य १४ जनासँक्रमितहरु रंगेली नगरपालिका बडा नम्बर ७ को रहेको कुरा नगर स्वास्थ्य शाखा प्रमुख भुपेन्द्र मण्डलले जनाएका छन् । जस मध्य महिला ९ जना १३ जना पुरुष रहेको स्वास्थ्य शाख प्रमुख मंन्डल ले बताए । गत बिहिबार नगरपालिकाले कर्मचारीहरुको स्वाब सँकलन गरि रहदा वडा नँ ७ बजार क्षेत्रका स्थानियहरुले स्वत स्फुर्त रुपमा स्वाब दिन गएका थिए । बिराटनगर र गोठगाउँ को कोरोना अस्पतालहरुमा बेड खालि नभएका कारण सँक्रमितहरुलाइ अस्पताल पठाउन सकिएको छैन । सँक्रमितहरुलाइ आज जनता क्याम्पस क्वारेन्टाइन मा आइसोलेट गरेर राखिने र भोलि अस्पताल पठाइने तयारी भएको कुरा नगर प्रमुख बगडियाले जनाएका छन् ।
समुदाय स्तरमा यति ठुलो सँख्यामा सँक्रमित फेला परेपछी रँगेली नगरपालिकाको आकस्मिक बैठक बसेको थियो ।